भर्‍याङबाट लडे पूर्वअर्थमन्त्री महत, ग्राण्डी अस्पताल भर्ना

काठमाडौं– पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामशरण महत भर्‍याङबाट लड्दा घाइते भएका छन् । बाँसबारीस्थित निवासको  बुधबार सााझ भऱ्याङ चढ्दै गर्दा महत लड्न पुगेका हुन् । भऱ्याङबाट लड्दा उनको खुट्टाको गोलीगाठो  फ्याक्चर भएको  छ ।


महतलाई अहिले राजधानीको धापारीस्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनका सहयोगी तथा नेपाली कांग्रेस नुवाकोटका युवा नेता रमेश महतले जानकारी दिए ।

‘हिजो सााझ निवासको भऱ्याङ चढ्दै गर्दा उहाा अकास्मात लड्न पुग्नु भएछ । अस्पताल ल्याउादा गोलीगाठोको फ्याक्चर भएको थाहा भयो ’, उनले भने ।

चिकित्सकहरुले गोलीगााठोको अपरेसन गर्नुपर्ने भनेकाले भोलि अपरेसनको तयारी भएको उनले बताए ।

गोलीगााठोको अपरेसन नै गर्नुपर्ने गरि चोट लागेपछि अन्त कतै भने चोटपटक नलागेको उनको भनाई छ ।
ratopati

,

news and entertainment