प्रधानमन्त्रीले गृहमन्त्रीलाई सोधे– महानगरको गाडीमा कसले ढुंगा हान्यो?

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अब शान्ति र सुव्यवस्था हुने बताएका छन्।  राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यसका लागि आफूले गृह मन्त्रीलाई निर्देशन दिइसकेको बताए।

उनले केही दिनअघि राजधानीमा महानगर यातायातले सञ्चालन गरेको बसमा कसले ढुंगा हानेको हो भन्ने बारेमा गृहमन्त्री शक्ति बस्नेतसँग जिज्ञासा राखे।
कार्यक्रममा गृहमन्त्री बस्नेत पनि सहभागी थिए। ‘महानगर यातायातको बसमा तोडफोड भयो, कसले, किन, के कारणले ढुंगा हान्यो?’ प्रधानमन्त्रीले भने, ‘त्यसरी गाडीमा ढुंगा हान्न पाइँदैन, ढुंगा हान्नेलाई मात्र होइन ढुंगा हान्न लगाउनेलाई पनि कारबाही गर्नुपर्छ।’
प्रधानमन्धी ओलीले सरकारका तीन मुख्य कार्यभार रहेको बताए।  ‘शान्ति व्यवस्था, कालाबजारी नियन्त्रण र पुनर्निमार्ण अहिलेका मुख्य काम हुन्’, प्रधानमन्त्रीले भने।
महानगर यातायातले चक्रपथमा अत्याधुनिक सुविधासहितका बस सञ्चालनमा ल्याएको भोलिपल्ट चैत १ गते बल्खुमा अज्ञात समूहले ढुंगा प्रहार गरेको थियो।

 (सेतोपाटी)

,

news and entertainment