समुद्री छालसहितको फनपार्क भक्तपुरको पलासेमा सञ्चालनमा
गर्मीयामको सुरुवातसँगै भक्तपुरको पलासेमा काठमाडौँ फनभ्याली पुनः सञ्चालनमा आएको छ।
समुद्री छालको अनुभव दिने वाटर र एम्युजमेन्ट पार्कमा रमाउन सक्ने, स्विमिङ सँगसँगै विभिन्न रोमाञ्चक खेल पनि खेल्न सकिन्छ । नेपालकै एकमात्र वाटर र एम्युजमेन्ट पार्कको रुपमा रहेको यो स्थलमा काठमाडौँ फनभ्यालीले अन्तर्राष्ट्रियस्तरको सेवा तथा सुविधा पनि प्रदान गर्दैआएको महाप्रबन्धक गिरीको दाबी छ।
आन्तरिक पर्यटक भित्र्याइ जिल्लामा पर्यटन विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ स्थापित पार्क शान्त र प्राकृतिक पर्यावरणको बीचमा ६२ रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ एक दिनमा तीन हजार ५०० भन्दा बढीले मनोरञ्जन लिन सक्ने उनले बताए। रासस
