ताप्लेजुङ / पाथीभरा तिर्थयात्री चढेको ट्याक्सी ताप्लेजुङमा आज दिउँसो दुर्घटना हुँदा चार जना घाईते घाईते भएका छन् । मेची राजमार्ग अन्तरगत ताप्लेजुङ सुकेटार सडक खण्डमा पर्ने उकाली पानी नजिकै मे.१ ज. १८९६ नम्बरको ट्याक्सी दुर्घटना हुँदा झापाका चार जना यात्रु घाईते भएका हुन् । प्रहरीका अनुसार घाईते हुनेहरुमा झापा कन्काई नगरपालिका ५ का ३८ वर्षिय राधेस्याम मण्डल, सोही ठाँउकै वर्ष ६५ का पारस मण्डल, सरणामति ६ झापाका ५० वर्षिय सोमनाथ प्रसाई र शिवसतासी ५ का झापाका नारायण खरेल रहेका छन् ।
घाईते सवैको अहिले स्थानिय अस्पतालमा उपचार भईरहेको जनाईएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार घाईते भएकाहरुको अवस्था सामान्य रहेको छ । घाईते सवै पाथीभरा दर्शन गरेर फर्किएका हुन् । प्रहरीका अनुसार ट्याक्सीको व्रेक फेल भई दिउँसो करिव १ वजेर ५५ मा सडक बाट पल्टिएको हो ।
ट्याक्सी सडकबाट पल्टिएर करिव १० मिटर मुनि पुगेको छ । दुर्घटना पछि चालक फरार रहेको प्रहरीले बताएको छ । सोही ट्याक्सीमा सवार १२ जना यात्रु मध्य अन्य ८ जना भने सकुसल रहेको प्रहरीले जनाएको छ ।
purbelinews
पाथीभरा तिर्थयात्री चढेको ट्याक्सी ताप्लेजुङमा दुर्घटना झापाका ४ जना घाईते
news and entertainment
