साइकल मन्त्रीले हेलिकप्टर चढेको बिल १७ लाख
कुनै बेला साइकल चढेर मन्त्रालय ओहोर दोहोर गरेर चर्चामा आएका जनसंख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान केही समययता हेलिकप्टर चढेर जिल्ला भ्रमणमा निस्कन थालेका छन् ।
पछिल्लो एक सातमा मात्रै उनले हेलिकप्टर चार्टर्ड गरेर विभिन्न जिल्लाको भ्रमण गरेका छन् । अहिलेसम्म उनले हेलिकप्टर चार्टर्ड गरेको भाडा मात्रै १८ लाख पुगेका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
