– कृष्ण ओझा
पाँचथर, २५ चैत । पाँचथरका प्रहरी अब नयाँ पोशाकमा सुरक्षामा खटिने भएका छन ।
युद्धककालिन समयमा प्रयोग गरिएका जनपथ प्रहरीले लगाउँदै आएको कम्बाड पोशाकलाई परिवर्तन गरी नयाँ रंगको निलो चुस्तामा पोशाक ल्याईएको पाँचथरका डीएसपी कृष्ण प्रसाद कोईरालाले जानकारी दिए ।
उनका अनुसार पाँचथरमा चैत २८ गतेदेखि सबै प्रहरी युनिटहरुमा प्रयोग हुनेछ । नेपालभरी नयाँबर्ष २०७३ वैशाख १ गतेदेखि सबै प्रहरीले यो पोशाक प्रयोग गर्ने बताईएको छ ।
डीएसपी कोइरालाका अनुसार युद्धकालिन अवस्थाका पोशाकले जनमानसमा नकारात्मक असर पर्ने हुनाले लगाइँदै आएको पोसाकलाई फेरिएको हो । प्रहरीहरु प्राय गाउँ गस्तीमा रहँदा अब निलो पोसाकमा देखिने उनले बताए ।
जिल्ला प्रहरी कार्यालयमा आज पत्रकार सम्मेलन गरी निलो चुस्ताको पोशाक लगाएका प्रहरी प्रमुख, अधिकृत सबै दर्जा अनुसारका प्रहरीहरुले सामूहिक फोटो सेसन चलाइएको पाईएको छ ।
प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार नेपाल प्रहरीमा अब नयाँ फिल्ड ड्रेसको शुरुवात भएको छ । पहिलाको टाटे पाङग्रे निलो चुस्ताको स्थानमा अहिलेको सादा चुस्ता प्रयोग हुने भएको हो ।
dainiknepal
नेपाल प्रहरी अब नयाँ पोशाकमा
news and entertainment
