बरु सरकारले गर्ला नगर्ला, धुर्मुस–सुन्तलीले गर्छन्
पहिलो नमुना बस्ती निर्माण गरेर सफल भएका चर्चित हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे अब दोश्रो नमुना बस्ती निर्माणमा लागेका छन् । भूकम्प गएको एक बर्षकै दिन उनीहरुले दोश्रो एकिकृत नमुना बस्तीको शिलन्यास गरे । बिहान ११ बजेर ५६ मिनेटमा मेलम्ची, ८ गिरानचौरमा यो बस्तीको शिलन्यास भयो । यहाँ ६५ परिवारका लागि करिब ६ महिनाभित्र एक घर, एक धारो, एक चर्पी, एक वगैचा सहितको संरचना निर्माण गर्ने सितारामको भनाई छ ।
सरकारले पूर्ननिर्माणको चर्को नारा लगाएपनि काम सुरु गर्न सकेको छैन । तर, सिताराम र कुञ्जनाले भने काम गरेर देखाइसकेका छन् । यसैले, अहिले पूननिर्माणमा यो जोडीले सरकारलाई नै जित्छ कि भन्ने चर्चा समेत सुरु भएको छ ।
mazzakoonline
