ओम अस्पतालले तिर्ने भयो १५ लाख, मृत भनिएकी गर्भवतीको ‘नर्मल डेलिभरी’ !
काठमाडौं– ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले अस्पतालको लापरबाहीले मृत्यु भएको भनिएकी गर्भवती सावित्री श्रेष्ठको परिवारलाई १५ लाख रुपैयाँ दिने भएको छ ।
अस्पतालको लापरबाहीबाट आफन्तको मृत्यु भएको भन्दै श्रेष्ठका परिवारले आन्दोलन गरेका थिए । अस्पताल घेराउ लगायतका कार्यक्रम गरेपछि मंगलवार राति अस्पताल व्यवस्थापक र आफन्तबिच यस्तो सहमति भएको हो ।
आफन्तका तर्फबाट अस्पताल व्यवस्थापकसँग वार्ता गरिरहेको टोलीका एक सरोज थापाका अनुसार दिवंगत श्रेष्ठकी छोरीको पढाइ खर्चका लागि उक्त रकम अस्पतालले तिर्ने प्रतिवद्धता व्यक्त गरेको हो । उक्त रकम तिर्ने र श्रेष्ठको उपचार खर्च समेत नलिने सहमतिपत्रमा हस्ताक्षर भइसकेको थापाले बताए । ‘पत्र बिरामीलाई भेन्टिलेटरबाट निकालेपछि मात्रै पाउने गरी यस्तो सहमति भएको हो,’ थापाले भने । अस्पताल तनावग्रस्त भएपछि नेपाली काँग्रेसका नेता गगन थापा समे मंगलवार साँझ सहजीकरणका लागि पुगेका थिए ।
मृत्यु भइसकेको ठहर्याएर क्षतिपूर्ति दिने प्रतिबद्धता गरिसकेपछि ओम हस्पिटलले गर्भवती श्रेष्ठको ‘नर्मल डेलिभरी’ भएको सूचना आफन्तलाई दिएको छ । बिहान ५ बजे अस्पतालकी नर्सले पीडित परिवारलाई फोन सम्पर्क गरी बच्चा जन्मिएको जानकारी दिएकी हुन् । बिरामी श्रेष्ठका जेठाजु राज श्रेष्ठले भने, “बच्चा हेर्दा सामान्य छ, कपाल समेत उम्रिएको छ । छोरा रहेछ । तर बच्चा भने मृत जन्मिएको रहेछ ।”
हस्पिटलले बिरामीको ज्यान जोगाउन नसकेको भनेपछि आफन्त आन्दोलित भएका थिए । फेरि नर्मल डेलिभरी भएको बताउँदै बिरामी जिवित हुनसक्ने संभावना अस्पतालले देखाएको देवर राजु श्रेष्ठले बताए । अस्पतालले ‘नर्मल डेलिभरी’ भए
गर्भवती सावित्री श्रेष्ठ
को बताएपछि ‘अस्पतालले प्रमाण लुकाउन कुनै चलाखी गरेको’ आशंका आफन्तले गरेका छन् । अस्पतालको सल्लाह अनुसार थप केही केही दिन भेन्टिलेटरमा राख्न आफन्त राजी भएका छन् ।
अस्पतालका संचालक डा। भोला रिजालले उक्त रकमलाई क्षतिपूर्ति भन्दा पनि सदाशयता बताएका छन् । आफन्तको तर्फबाट वार्तामा रहेकाहरुलाई बच्चाको भविष्यका लागि सदासयता ब्यक्त बताउँदै क्षतिपूर्ति नभििनदिन आग्रह गरेका हुन्े वार्ता टोलीकै सदस्य रमेश तुफानले बताए ।
-swasthyakhaba