नेपाली नायिकाहरुको रोजाईमा बिदेशी जीबन साथी,गरीमा पन्त देखि खुश्बु ओलि सम्मले कसे लगन गाँठो


नयाँ बर्ष २०७३ सालको आगमन सँगै २०७२ साल लाई हामीले बिदाई गर्दै छौं । हामीले २०७२ सालमा भएका नेपाली फिल्म ईन्डष्ट्रिका कुन कुन मोडल तथा नायिकाहरुको को को सँग बैबाहीक सम्बन्धमा बाँधेका छन् भन्ने बिषयमा चर्चा गर्दै छौं । नेपाली मोडल तथा नायिकाहरुको लगि २०७२ साल बिशेष रहेको छ । धेरै नायिका तथा मोडलहरु २०७२ सालमा बैबाहिक सम्बन्धमा बाँधिएका छन् । यसरी बैबाहिक सम्बन्धमा बाँधिएका अधिकांशले बिदेशी युवा तथा एनआरएन लाई जीवन साथीको रुपमा रोजेका छन् ।


गरीमा पन्तः झोला फिल्मबाट निकै चर्चामा आएकी नायिका गरीमा पन्तले बेल्जियमका एनआरएन सँग सुटुक्क बिहे गरीन् । बेल्जियम पुगेर घरजम गर्न थालेकी गरीमाले हरी शर्मा थपालीया सँग बिहे गरेकी हुन् । करीब २ बर्ष अघि उनिहरुको भेट युरोपमा भएको थियो ।

रीमा बिश्वकर्माः मोडलिङ्ग क्षेत्रबाट करीयर सुरु गरेर नायिकाको रुपमा चिनिन सफल रीमा बिश्वकर्माले पनि बिदेशी युवालाई नै जीवन साथी रोजेकी छिन् । नेपाली युवकको सँगको प्रेममा परेपनि रीमा बिश्वकर्माले बिहे गर्दा चाँहि एनआरएन लाई नै रोजेकी छिन् । उनले युके को एनआरएन सँग बैबाहिक सम्बन्धमा बाँधेकी हुन् ।

सिम्पल खनालः मोडल सिम्पल खनालले पनि यसै बर्ष बिहे गरेकी छिन् । मोडल खनालले युकेका एनआरएन नदिन सँग बिहे गरेकी हुन् । म्युजिक भिडियोका निर्देशक प्रशन्न पौडेल सँग सम्बन्ध बिच्छेद गरेकी सिम्पलले नदिनलाई दोस्रो श्रीमानको रुपमा रोजेकी हुन् ।

खुश्बु ओलीः मोडल तथा प्रहरी ईन्काउन्टरमा चर्चीत डन दिनेश अधिकारी (चरी)मारीदा बिबादमा तानिएकी खुश्बु ओली पनि बैबाहिक बन्धनमा बाँधिएकी छिन् । उनले लण्डन निवासी सन्तोष कार्की सँग बिहे गरेकी छिन् । दिनेश अधिकारी मारीए सँगै बिरक्तिएर लामो समय लण्डन बस्दै आएकी खुश्बुले काठमाडौं फर्किएर सन्तोष सँग बिबाह गरेकी हुन् ।

जेनिशा मोक्तानः सन् २००९ की मिस नेपाल ताज बिजेता जेनिशा मोक्तानले पनि यसै बर्ष बिहे गरीन् । जेनिशा मोक्तान मिस नेपाल ताज बिजेता मात्र नभएर मोडल तथा भिजे पनि हुन् । जेनिशाले नेपालका सामसुङ मोबाईलका आधिकारीक बिक्रेता ईन्ट्रिग्रेटेढ मोबिलिटी सोलुशनका अध्यक्ष दिकेश मल्होत्र सँग बिहे गरेकी हुन् । दिकेश मल्होत्र नायिका प्रियंका कार्कीको मामाको छोरा हुन् ।

निश्चल र स्वस्तीमा: निर्देशक निश्चल बस्नेतले नायिका स्वस्तीमा खड्का सँग यसै बर्ष लगन गाँठो कसेका छन् । लुट फिल्मबाट फिल्म ईन्डष्ट्रिमा प्रबेश गरेका निर्देशक निश्चलले होस्टेल रीटन्र्स फिल्मकी नायिका स्वस्तीमा सँग बैबाहिक सम्बन्धमा बाँधिएका हुन् ।

नेपाली नायिकाहरुको यस तथ्याङ्कलाई केलाउँदा नायिकाहरुले प्राय जसो एनआरएनलाई नै जीवन साथी बनाएका छन् ।  त्यस्तै पुर्व मिस नेपाल तथा नायिका झरना बज्रचार्यले पनि भारतीय मुलका मलेसियन ब्यापारी राहुल अग्रवाल सँग बिहे गरेकी थिईन् । नायिका हर्षिका श्रेष्ठले पनि भारतीय युवकलाई जीवन साथीको रुपमा रोजिन् । यस अघि नायिका रेजीना उप्रतीले पनि युकेका युवक सँग बिहे गरेकी थिईन् । नायिका बिपना थापाले पनि भारतीय मुलका युवकलाई नै जीवन साथी बनाईन् । सदाबहार नायिका करीस्मा मानन्धरको पति बिनोद मानन्धर पनि लण्डनमा नै बस्थे ।

सम्पुर्ण यस तथ्याङ्कलाई केलाउँदा नेपाली नायिकाहरुले नेपाली युवकहरु सँग प्रेममा परे पनि बिदेशी र एनआरएनलाई नै जीवन साथिको रुपमा रोज्ने गरेको देखिएको छ ।
 News24Nepal

, ,

news and entertainment