काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झट्का
काठमाडौंः काठमाडौंः शनिबार साँझ काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झट्का महसुस भएको छ ।
साँझ ७ बजेर ५ मिनेटमा ललितपुरको भैंसेपाटीलाई केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्यूडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
मापन केन्द्रका अनुसार परकम्पको केन्द्रबिन्दु काठमाडौं उपत्यकाभित्रै परेकाले यति कडा धक्का महसुस भएको हो ।
भूकम्पले उपत्यकाका घर तथा ठूला भवनहरुसमेत करिब ३ सेकेन्डसम्म हल्लाएको छ । यस अघि पछिल्लो समय दोलखा केन्द्र भएर चैत २२ गते ४.७ म्याग्नेच्यूडको परकम्प गएको थियो ।
वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भएर गएको शक्तिशाली भूकम्पकै पराकम्पको रुपमा शनिबार काठमाडौँ केन्द्र भएर परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले अन्नपूर्णलाई जानकारी दिए ।
यो अवधिमा ४ म्याग्नेच्यूडमाथिका चार सय ४५ बढी पराकम्प गएको केन्द्रले जनाएको छ ।
annapurnapost
