नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बन्दै सुशीला कार्की,

काठमाडौँ, २९ चैत, नेपालको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीशमा सुशीला कार्कीले नयाँ कीर्तिमान राख्दैछिन् । नेपालको सर्वोच्च अदालतकोे इतिहासमा पहिलो महिला प्रधानन्यायाधीश बन्ने अहोभाग्य सर्वोच्च अदालतका वरिष्ठतम न्यायधीश कार्कीलाई प्राप्त हुने भएको हो ।


संवैधानिक परिषद्को आइतबार साँझ बालुवाटारमा बसेको बैठकले प्रधानन्यायाधीशमा कार्कीलाई सिफारिस गरेको हो । बिरामी भएका कारण समाभुख ओनसरी घर्ती सुमेरु अस्पतामा उपचार गराइरहेका कारण बैठकमा उपस्थिति भइनन् ।
प्रधानन्यायाधीश कल्याण श्रेष्ठ भोलि मंगलबारबाट उमेद हद ६५ वर्षका कारण अवकाश हुने भएपछि क्षमता र योग्यताको आधारमा कार्की प्रधानन्यायाधीश बन्ने पक्का भएको हो ।

प्रधानन्यायाधीश कार्कीको जन्म २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो । उनले महेन्द्र मोरङ कलेज बिराटनगरबाट २०२८ बिए र बनारस हिन्दू विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गरेकी थिइन् । त्यतिबेलासम्म उनले कानुनलाई कर्म क्षेत्र बनाउने विषयमा केही सोचेकी थिइनन् । उनले २०३४ सालमा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक ९बिएल० गरी कानुनी यात्रा सुरु गरेकी थिइन् ।

अधिवक्ता भएर कानुनलाई कर्मको रुपमा कार्कीले २०३५ साल चैत्र १६ गतेदेखि सुरु गरिन् । उनले तीन वर्ष ९२०४२–२०४६० महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन् । २०४५ सालदेखि २०४७ सालसम्म कार्कीले कोसी अञ्चल बारको अध्यक्षको जिम्मेवारी लिँदै २०५९ सालदेखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन् ।

त्यस्तै, २०६१ पुस ५ गते कार्की वरिष्ठ अधिवक्ता बनिन् ।  त्यस्तै, २०६५ माघ ९ गते उनी सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भइन् । २०६७ मङ्सिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनिन् ।  वरिष्ठतम न्यायाधीश हुँदै उनी प्रधानन्यायाधीश बन्न सफल भएकी हुन् ।

संयुक्त राज्य अमेरिका, बेलायत, श्रीलङ्का, जापान, चीन, भारत, तान्जिनिया र नेदरल्याण्डलगायत देशको भ्रमण गरिसक्नुभएकी कार्की नेपाली, अङ्ग्रेजी र हिन्दीमा भाषामा निपुण छिन् ।

निडर स्वाभाव र सरल जीवनशैली अपनाएकी कार्कीले न्याय क्षेत्रमा स्वच्छ छवि बनाएकी छिन् । तर बढी हक्की स्वभावकी कार्कीलाई रीस उठ्यो भने कपडाको रङ्ग अदालतमा लगाउने खालको नभएकोसमेत भन्दै बाहिर पठाउन पछि पर्दिनन् । उनले कान्तिपुर दैनिकका एक पत्रकारालाई पहेंलो भेष्ट लगाएर आएको भन्दै भित्र छिर्न नदिएको उदाहरण छ ।
aajakokhabar

,

news and entertainment