मेरो रगतमै छ देशभक्ति : भट्टराई

काठमाडौं- नयाँ शक्ति नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो रगतमै देशभक्ति भएको उल्लेख गर्दै आफूलाई राष्ट्रवादीको सर्टिफिकेट आवश्यक नभएको बताएका छन्। काठमाडौंमा शुक्रबार भएको 'वैकल्पिक राजनीतिक चिन्तन र शक्तिको आवश्यकता' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो रगतमै देशभक्ति र स्वाधीनता रहेको दाबी गरे।

अहिलेका शासकले पञ्चायती शैलीमा देशभक्तलाई अराष्ट्रवादीको ट्याग लगाइदिने गरेको आरोप उनले लगाए। पञ्चायतको समयमा तत्कालीन कांग्रेस, कम्युनिष्टलाई अराष्ट्रिय तŒव भन्ने गरेको र अहिले प्रगतिशील राष्ट्रवादको कुरा गर्दा आफूमाथि वामपन्थको खोल ओडेकाबाटै अराष्ट्रवादीको आरोप लाग्ने गरेको टिप्पणी उनको थियो।

नक्कली राष्ट्रवाद देखाउनुभन्दा छिमेकीस"ग सन्तुलित सम्बन्ध कायम राख्ने र नेपाललाई दुई विशाल अर्थतन्त्रको बीचमा गतिशील पुल बनाउनुपर्ने धारणा उनले राखे। अन्तरनिर्भर अर्थतन्त्रको पक्षमा आफू रहेको उनले बताए। वामपन्थी भनिएकाहरू व्यक्तिगत स्वार्थ, भ्रष्टाचार तथा बेथितिमा लिप्त भएकाले आफूले पुरानो पार्टी छाडेको उनको प्रष्टोक्ति थियो।

कार्यक्रममा कांग्रेस नेता प्रदीप गिरीले संविधान लेखिए पनि त्यसको कार्यान्वयन नभएको बताए। राज्यविहीनताको अवस्था रहेको उल्लेख गर्दै उनले यो अवस्थालाई तत्काल अन्त्य गर्नुपर्नेमा जोड दिए। गिरीले समृद्धि अभियानको नेतृत्व लिन भट्टराईलाई आग्रह पनि गरे। नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले व्यंग्यात्मक शैलीमा घरघरमा ग्यास भएको, मधेसमा आन्दोलन नभएको, महँगी र कालोबजारी नभएको बताउ"दै सरकारको आलोचना गरे। प्रधानमन्त्रीको बोलीले मधेस आन्दोलनमा नुनखुर्सानी थपेको आरोप उनको थियो। मनोक्रान्ति अभियानका डा. योगी विकासानन्दले विकास र समृद्धिलाई आत्मिक र आध्यात्मिक विकासस"ग जोड्न नया" शक्ति नेपाललाई सुझाव दिए। नया" शक्ति नेपालको अन्तरिम परिषद् सदस्य करिश्मा मानन्धरले चारैतिरबाट समस्याले घेरिएको अवस्थामा नया" सोचको विकास गर्दै समृद्ध नेपाल निर्माण गर्न चाहेको बताइन्।
nagariknews

news and entertainment