राशिफल [वैशाख १२ गते आइतवारदेखि १८ गते शनिवारसम्म]

मेषराशि (चू चे चो ला ली लु ले लो अ)
वैचारिक मतभेदहरु सुल्झने छन् । परिवारको प्रतिष्ठालार्इ केन्द्रमा राखेर गरिने हर काम सफल हुनेछन् । मित्रको दरिलो विश्वास प्राप्त हुनेछ । यो साता कार्यमा भन्दा भावनामा अधिक बग्नाले धेरै कुरा पुरा हुन भने गार्हो पर्नेछ । इच्छाएको व्यक्ति काम नआउँदा कामहरु अधुरा रहन सक्ने छन् । ब्यापारमा अरु कसैको सौदाको रुपमा प्रयोग हुन सकिने छ अतस् सोचेर काम गर्नु उपयुक्त हुनेछ । मित्रतामा असमझदारी रहला । सामाजिक कामको लागि अधिकतम समय खर्च हुनेछ तर प्रतिफल भने शुन्य हात लाग्ला । पढाइ, लेखाइ र शाश्त्राध्ययनमा अरुचि हुनेछ । बोलीको कारण विवादमा परिएला, बोलीमा विशेष सावधान रहनु होला । साताको शुभारम्भमा अनेक शुभ काम सम्पन्न हुनेछन् । साताको मध्यतिर भने केही घाटा बेहोर्नु पर्ने हुनेछ । लामो दुरीको यात्रा तय गर्नु पर्नेछ । साताको अन्त्य सोचेको कामना पुरा हुनेछ । शुभ काममा खर्च होला । समग्रमा साता मध्यम फली रहको छ । साताको १३, १५, १७ र १८ गते विशेष दिन रहलान् । राशि स्वामी – मंगल, शुभ रत्न – मुँगा, शुभ दिशा – पूर्व, शुभ रंग – रातो, शुभ अंक – ०१ ।

वृषराशि (इ उ ए ‌ओ वा वी वु वे वो)
वृषराशिको लागि साता उपयुक्त फलि रहने छ । आफ्नो कार्य दक्षताको उचित प्रयोग गर्दै नयाँ निस्कर्षमा पुगिने छ । बोलीद्वारा अरुलाई मन्त्रमुग्ध गर्दै सहकार्यमा ध्यान जानु तपार्इंको ठुलो खुवी हुनेछ । समाजमा रहेका विसँगतिको बिरुद्धमा लाग्ने प्रेरणा पाइने छ । न्यायको पक्षमा आफुलाई दरोसँग उभ्याउन सक्नु सफलताको कारण बन्ने छ । आफन्तहरु ठुलो सहयोगी भएर आउने छन् । विचार मिल्नेहरुसँग हदैसम्म निकटता बन्ने छ । ब्यापारको लागि समय अति उत्तम रहने छ । व्यक्तिगत रिसइबीको भरमा कसैसँग दुश्मनी गर्नु तपाईंको गम्भीर भूल हुनेछ । मानसिक शान्ति भएको अनुभूति हुनेछ । विदेशसँग सम्बन्धित काम गर्न भने अलि गाह्रो हुनेछ । अचानक धन व्यय हुने र साताको अन्त्य तिर झुठा आरोपको सामना समेत गर्नु पर्नेछ । तर धेरै जसो काम सिद्धिको लागि साता उपयुक्त रहने छ । साताको १२, १४, १६ र १७ गते विशेष दिन रहलान् । राशि स्वामी – शुक्र, शुभ रंग – सेतो, शुभ रत्न – हिरा, शुभ दिशा – दक्षिण, शुभ अंक – ०७ ।

मिथुनराशि (का कि कु घ ङ छ के को हा)
मिथुन राशिको लागि साता मध्यम रहने छ । साताको शुभारम्भको तुलनामा साताको अन्त्य सुखद हुनेछ । मित्रता दिगो रुपमा अघि बढ्ने छ । मितेरी सम्बन्धले नयाँ आकार लिनेछ । बोली र व्यवहारमा एकरुपता नआउँदा अरुको आलोचना खानु पर्नेछ । नसोचेको यात्रा गर्नु पर्ने र व्यर्थको खर्च बढ्ने देखिएको छ । आत्मशक्ति कमजोर रहँदा बनिसकेको काम पनि बिग्रन सक्ने तर्फ सजग रहनु होला । मित्रता दिगो रुपमा अघि बढ्न नसक्दा विश्वास गुम्ने छ । स्वास्थ्य सम्बन्धी समस्या आइपर्न सक्ने छ । बैदेसिक कामको लागि समय उपयुक्त रहने देखिएको छ । कार्य क्षेत्र केही ब्यस्त रहने र काम गर्न असहज स्थिति आउन सक्छ । आफ्नै कारण बनिसकेको कुरा बिग्रन सक्ने छ । कुनै पनि काम गर्दा सोचेर अभिभावकको साथ लिएर गर्नु उपयुक्त हुनेछ । बैदेसिक कामको समय उपयुक्त रहेको छ । घरमा झगडा मिल्ने छ । शैक्षिक क्षेत्रको लागि समय उपयुक्त रहेको छ । परीक्षामा अब्बल रहिने छ । समग्रमा साताको १३, १६, १७ र १८ गते विशेष दिन रहलान् । राशि स्वामी – बुध, शुभ रंग – हरियो, शुभ रत्न – पन्ना, शुभ दिशा – पश्चिम, शुभ अंक – ०३ ।

कर्कटराशि (ही हु हे हो डा डि डु डे डो)
तपार्इंको राशिको प्रभाव मध्यम रहेको छ । शुभ ग्रहको दृष्टी रहन जादा मिश्रित फल मिल्ने छ । मेहनत अनुसार प्रतिफल त आउने छ तर अधिक मेहनत गर्नु पर्ने हुनेछ । साना कुरामा अधिक समय व्यतित हुन सक्ने छ । कार्य कौसलता कमजोर रुपमा अघि बढ्दा सम्भावना भएको काम पनि पुरा गर्न गाह्रो हुनेछ । आत्मनिर्णय गर्न नसक्दा अवसर गुम्न पनि बेर लाग्ने छैन । प्रकृतिको अनौठो लीलाले गर्दा चिन्तित भइने छ । अशुभ समाचार सुन्नु पर्ने देखिएको छ । मित्रता दिगो रुपमा अघि बढ्ने छ । सामाजिक सदभाव बढ्ने कुरामा तपार्इंको योगदान रहने छ । आफ्नो दैनिक जीवनमा केही नयाँ परिवर्तन आउने छ । साताको अन्त्य तिर शुभ कामको लागि खर्च होला । बैदसिक काम सफल हुनेछन् । विवादको बीच पनि मित्रको साथ पाइने छ । भोलिको लागि सोच राखेर गरिने काम सफल हुनेछन् । समग्रमा साताको १३, १५, १६ र १८ गते विशेष रहलान् । राशि स्वामी – चन्द्रमा, शुभ रंग – सेतो, शुभ रत्न – मोति, शुभ दिशा – उत्तर, शुभ अंक – ०८ ।

सिंहराशि (मा मि मू मे मो टा टी टु टे)
उत्तम फलि रहने छ । विश्वास गरेको व्यक्तिबाट सहयोग पाइने छ । राजनीतिमा विशेष रुची हुनेछ । अपरिचित व्यक्ति तपार्इंको जीवनमा सहयोगी भएर आउने छन् । कार्य व्यस्तताको बीच पनि सोचेका काम गरी छाडिने छ । केही शुभ समाचारले मानसिक शान्ति मिल्ने छ । प्राकृतिक बाधा सहनु पर्नेछ । भोलिको लागि सोचेर चिन्ता हुनेछ । पशुपालन र कृषि कार्यबाट मनग्गे आम्दानी हुनेछ । वैचारिक रुपमा तपार्इं तल पर्नु हुनेछ । सैद्धान्तिक कुरामा भन्दा ब्यवहारिक कुरामा ध्यान दिन उत्तम रहने छ ।  समय अनुसार चल्न सके सफल भइने छ । अग्नि कारक बस्तुको भय रहने छ । लामो समयबाट अवरुद्ध कामको ढोका त खुल्ने छ तर योजनाको अभावमा अघि बढाउन मुस्किल हुनेछ । शैक्षिक क्षेत्रमा अघि बढ्न सहज हुनेछ । परीक्षाको परिणाम आफ्नो पक्षमा आउने छ । समग्रमा साताको १२, १३, १६ र १७ गते विशेष फलि रहेका छन् । राशि स्वामी – सूर्य, शुभ रंग – रातो, शुभ रत्न – माणिक्य, शुभ अंक – ०१ ।

कन्याराशि (टो प पी पु ष ण ठ पे मो)
साता मिश्रित फलि रहने छ । कार्यक्षेत्र विशेष उपलब्धि दिनेवाला छ । नसोचेको क्षेत्रमा अधिक धन व्यय हुनेछ, तर लगानी ब्यर्थ जाने छैन । घरमा शुभ काम सम्पन्न हुनेछ । आफूले गरेको श्रमको उचित मूल्य पाइने छ । साहित्य तथा कला क्षेत्रमा रुची हुनेछ । सानो कुराको लागि अधिक चिन्ता गर्नु किमार्थ पनि सहि हुने छैन । आफ्नो खुवीलाई पहिचान गरी लक्ष्यअनुसार हिडे कार्य सफल हुनेछ । सन्तान मार्गबाट शुभ समाचार सुन्न पाइने छ । व्यक्तिगत कामना पुरा हुनेछन् । साताको अन्त्यतिर स्वास्थ्य सम्बन्धी कुरामा अधिक धन व्यय हुनेछ ।  परिवारमा बेमेल होला । अरुलाई दोष दिएर उम्कने कोसिस गरे अरु हानी हुनेछ । लामो दुरीको यात्रा तय गर्नु पर्ने हुनेछ । सिप र कलाको सहि प्रयोगद्वारा भने अघि बढ्न सहज हुनेछ । भोलिको लागि सोच राखेर गरिने काम असफल होलान् । परीक्षामा सफल भइने छ । सातको १२, १५, १७ र १८ गते विशेष दिन रहलान् । राशि स्वामी –बुध, शुभ रंग – हरियो, शुभ रत्न – पन्ना, शुभ दिशा – दक्षिण, शुभ अंक – ०६।

तुलाराशि (र री रु रे रो ता ती तू ते)
तपार्इंको राशिको लागि समय मध्यम रहने छ । केही वैकल्पित कुराले आशावादी बनाए पनि भरपर्दो भने हुने छैन । आफ्नो ब्यक्तिगत सम्वृद्धिको लागि परिवारको साथ जरुर चाहिने छ । अरुको सम्मान गर्न सके मात्र आफ्नो सम्मान पाइने छ । घर परिवारमा भएका हरेक कुराले तपार्इंको व्यक्तिगत जीवनमा प्रभाव पार्नेछ । मेहनत अनुसार दाम नपाउने र पाएको प्रतिफल रक्षा गर्नमा चुकिने छ । वैवाहिक जीवनमा नयाँ खुसी थपिने छ । भेटघाट र भलाकुसारीले नयाँ अनुभूति सजाउने मौका प्रदान गर्नेछ । बिग्रेका काम बन्ने छन् । सानो कुराले ठूलो महत्व राख्ने भएकोले सोचेर काम गर्नु उपयुक्त हुनेछ । कार्य क्षेत्रमा व्यस्तता बनिरहने छ । सीमित कामना पुरा गर्न ठुलो लागानी गर्नु पर्ने हुनेछ । साताको सुरुको तुलनामा साताको अन्त्य सुखद रहने देखिएको छ । समग्रमा साताको १२, १३, १७ र १८ गते विशेष लाभदायक दिनहरु रहने छन् । राशि स्वामी – शुक्र, शुभ रंग – सेतो, शुभ रत्न – हिरा, शुभ दिशा – पश्चिम, शुभ अंक – ०७ ।

वृश्चिकराशि (तो ना नी नू ने नो या यि यु)
तपार्इंको राशि शुभ ग्रहहरुको मध्यमा स्थित रहेकोले धेरै कुरा पुरा हुनेछन् । मानसिक शान्तिको अनुभूति हुनेछ । राजनीति र शैक्षिक क्षेत्रको लागि यो साता विशेष रहने छ । रमाइला र दिब्य कुराले तपार्इंको मन लोभ्याउने छ । आफ्नो थैलीको मुख दरो राखेर मात्र अरुलाई दोष दिनु राम्रो अन्यथा फसिने छ । आफ्नो कार्य दक्षताको सबैले प्रसंशा गर्ने छन् । बेरोजगारीको समस्या अन्त्य हुनेछ । आफ्ना कमी, कमजोरीका बीच पनि सोचेका अधिकतम कामना पुरा हुनेछन् । हितचिन्तक बढ्ने छन् । माया, पिरतीका कुरामा आफू तल परिने छ । मार्गदर्शन गर्नेहरुको अभावले सही निर्णय गर्नबाट चुकिने छ । विचारमा सात्विक रहे पनि व्यवहारमा सात्विक हुन नसक्दा आलोचित भइने छ । बैदेसिक कामको लागि समय उत्तम रहेको छ । साताको अन्त्यतिर भ्रमण आदिको लागि समय उत्तम रहने देखिएको छ । समग्रमा साताको १३, १४, १६ र १८ गते विशेष दिन रहलान् । राशि स्वामी – मंगल, शुभ रंग – रातो, शुभ रत्न – मुँगा, शुभ दिशा – उत्तर, शुभ अंक – ०८ ।

धनुराशि (य यो भा भी भू ध फा ढ भे)
धनु राशिको लागि साता केही कमजोर फलि रहेको छ । आफूले सोचेको भन्दा अलि भिन्नै समय भोग्नु पर्नेछ । विवादका बीच पनि तपाईंले गरेको काम पुरा हुनेछ तर दिगो रुपमा अघि बढाउन भने असमर्थ भइने छ । राजकाजका कुरामा विवाद आउलान् । आफूले अरुलाई नराम्रो नगरे पनि अपजस भने पाइने छ । जीवनको बारेमा सोचेर चिन्तित बनिने छ । भेटघाट र भलाकुसारीको लागि अधिकतम समय व्यतित हुनेछ। बोलीको कारण व्यर्थको कुरा सुन्नु पर्ने हुनेछ । आफ्ना निकट व्यक्तिको असहयोग हुने कुराले काम गर्ने जाँगर मरेर आउने छ । वैचारिक रुपमा आफू तल परिएला । साताको अन्त्य स्वास्थ्य सम्बन्धी बाधा आइ पर्ने छन् । अरुको भलो नचाहँदा नचाहँदै पनि आफू तल पर्नु आफ्नो भाग्यले साथ नदिँदाको परिणाम हुनेछ । समग्रमा साताको १४, १५, र १७ गते मध्यम फलि रहेका छन् । राशि स्वामी – बृहस्पति, शुभ रंग – पहेँलो, शुभ रत्न – पुष्पराज, शुभ दिशा – पूर्व, शुभ अंक – ०४ ।

मकर (जो जा जी खी खू खे खो गा गी)
मकर राशिको लागि समय मिश्रित फलि रहने छ । धेरै राम्रा कामहरुको शुभारम्भ भएपनि अन्त्यमा बिग्रने वा बचाई राख्न समस्या हुनेछ । विशेष गरी सामाजिक र राजनीति क्षेत्रबाट प्राप्त उपलब्धिको रक्षा गर्नबाट चुकिने छ । आफूलाई लागेका झुठा आरोप मुद्दा भने निस्कर्षमा निक्लने छन् । वैवाहिक जीवनमा केही निराशा देखा पर्लान् । शैक्षिक क्षेत्रको लागि गरेको लगानी ब्यर्थ जानेछ । नियमित कार्यको लागि तपाईंले गरेका प्रयास सफल नहुँदा अघि बढ्न अनिक्षा हुनेछ । बैदेसिक कामको लागि समय उपयुक्त फलि रहने छ । राम्रा कुरामा लगानी भएपनि मित्रको असहयोगले पुरा गर्न निकै कठिन हुनेछ । आफ्नो कर्मलाई लिएर निराश हुनु भन्दा अब राम्रो गर्ने तिर लाग्नु बुद्धिमानी ठहरिने छ । तर साताको अन्त्यमा धेरै नसोचेका कामना पुरा हुनेछन् । पारिवारिक जिम्मेवारी पाइने छ । आर्थिक काम सम्पन्न हुनेछन् । समग्रमा साताको १४, १५, १६ र १८ गते शुभ रहेका छन् । राशि स्वामी – शनि, शुभ रंग – कालो, शुभ रत्न – निलम, शुभ दिशा – दक्षिण, शुभ अंक – ०७ ।

कुम्भराशि (गू गे गो सा सी सु से सो द)
कुम्भराशिको लागि समय उपयुक्त रहेको छ । विश्वास नगरेका कुरा पुरा हुनेछन् । प्रकृतिको बाधा आइ पर्नेछ । सीमित कामनाले गर्दा धेरै जसो काम बन्ने छन् । मित्रबाट आशातित काम बन्ने छ । आर्थिक सम्वृद्धिको दिशामा लागे प्रतिफलमा कुनै कमी हुने छैन । उद्योग, ब्यापार फस्टाउने छ । मार्गदर्शन गर्नेहरुको सहि कुराले तपार्इंको जीवनमा नयाँ खुसी ल्याउने छ । व्यक्तित्व सुधारमा विशेष ध्यान जानेछ । तपार्इंको प्रगतिलाई लिएर खुसी बन्नेहरुको ठुलो समूह हुनेछ । राजनीतिको लागि यो साता कमजोर रहेको छ । खेती, कृषि कार्य विशेष रहने छ । केही गरी गुमेको धन पाइने छ । तार्किक क्षमता कमजोर रहँदा झुठा आरोप मुद्दा लाग्ने छन् । आफू तल परिने भएकोले विवादित कुरामा नलागेको उत्तम हुनेछ । सामाजिक कामबाट उचित लाभ मिल्ने देखिएको छ । समग्रमा साताको १२, १४, १५, र १७ गते विशेष दिन रहलान् । राशि स्वामी – शनि, शुभ रंग – कालो, शुभ रत्न – निलम, शुभ दिशा – दक्षिण, शुभ अंक – ०७ ।

मीन (दि दू थ भ ञ दे दो चा ची)
व्यक्तिगत तनावका कारण सामाजिक र पारिवारिक काम सम्पन्न गर्न गाह्रो हुनेछ । ब्यर्थका कुरामा अधिक भागदौड रहला । माया, पिरतीमा फसिने समय रहेको छ । आर्थिक बिषयमा आफू तल परिने स्थिति नआउला भन्न सकिन्न । आफ्नो काम गराइको स्थितिलार्इ लिएर मित्रता संकटमा पर्ने खतरा रहेको छ । भोलिको लागि सोच राखेर गरिने हर काम भने बन्ने छन् । लक्ष्यप्रति इमान्दार र कार्यमा निरन्तर बनिरहे सोचेका हर काम पुरा हुनेछन् । मितेरी सम्बन्ध अरु प्रगाढ बन्ने छ । सीमित कामनाको कारण तपार्इंको ठुलो लक्ष्य संकटमा पर्नेछ । विचार र व्यवहार नमिल्दा तपार्इंको भित्र पसेर अरुले लाभ लेलान, सावाधान रहनु होला । साताको मध्यतिर धार्मिक यात्रा (तिर्थ, व्रत) को योग रहेको छ । आफूलाई अप्रिय लाग्ने समाचार सुन्नु पर्ने हुनेछ । समग्रमा साता मध्यम फलि रहने देखिएको छ । साताको १२, १५, १६ र १८ गते विशेस दिन रहलान् । राशि स्वामी – बृहस्पति, शुभ रंग – पहेँलो, शुभ रत्न – पुष्पराज, शुभ दिशा – उत्तर, शुभ अंक – ४ ।
aajakokhabar

news and entertainment