जापानका भूकम्पपीडितलाई नेपालीले खाना खुवाए
जापानको क्युसु प्रिफेक्चरमा गत साताको भूकम्पबाट प्रभावितलाई नेपाली जनसम्पर्क समितिले मंगलबार खाना खुवाएको छ। सम्पर्क समितिका अध्यक्ष नारायण सुवेदीका अनुसार, समितिमा आबद्ध करिब ५० जनाको टोलीले भूकम्प प्रभावित कुमामोतो क्षेत्रका ५ वटा क्षेत्रमा मंगलबार करिब २४ सय पीडितका लागि नेपाली खाना खुवाएर फर्किएको छ।
भूकम्प प्रभावित क्षेत्रमा जाने आउने जहाज भाडा र पीडितहरुका लागि आफूहरुले गरेको अनुमानित खर्च करिब ४० लाख रुपैया बराबरको हुन सक्ने सुवेदीले बताए।
जनसम्पर्क समितिले सन २०११ मा जापानमा आएको सुनामीबाट प्रभावित क्षेत्रमा सरसफाइको काम गरेको थियो।
setopati
