नेपाल र भारतसँग जोडिएको सीमानाकामा ‘विशाल शहर’ निर्माण गर्दै चीन !
जेन्सी– चीनले तिब्बत स्वायत्त प्रदेशको आली क्षेत्रमा अवस्थित पुराङ थाङ्का अन्तर्राष्ट्रिय सीमा ब्यापारिक बजारको निर्माण कार्य सुरु गरेको छ ।
अन्तर्राष्ट्रिय सीमा ब्यापार बजारको उद्धेश्यसहित निर्माण गर्न लागिएको यो योजनामा १९ करोड ५० लाख चिनियाँ युआन लगानी हुने जनाइएको छ ।
त्यस बजारको कुल क्षेत्रफल ७२ हजार ४ सय ३ वर्गमिटर रहेको छ । चीनले यो बजार निर्माण गरिसक्न करिब २ वर्ष लाग्ने जनाएको छ ।
यस नाका चीन तथा दक्षिण-एशिया बीच आवत-जावत गर्ने महत्वपूर्ण नाका हो । यो जिल्लाको दक्षिण-पश्चिमी भाग भारतसँग सीमा जोडिएको छ भने दक्षिणी भाग नेपालसँग सीमा जोडिएको छ। त्यहाँको अनौपचारिक ब्यापार र आवत-जावतको इतिहास धेरै पुरानो छ।
सो जिल्लास्थित थाङ्का बजारको इतिहास पनि पाँचसय वर्षभन्दा लामो रहेको सञ्चारमाध्यामहरुले बताएका छन् । गत शताव्दीको पचास दशकको अन्त्यमा केन्द्रीय समितिले पुराङ जिल्लामा अन्तर्राष्ट्रिय बजारस्थापना गर्न अनुमोदन गरेको चिनियाँ सञ्चारमाध्यामहरुले बताएका छन् ।
kathmandutoday
