अर्जुन खनाल
नयाँ दिल्ली, ३ वैशाख– भारतको मध्यप्रदेश उज्जैनबाट नेपालमा हिन्दुराष्ट्रको धोषणा हुने भएको छ । आउँदो कुम्भमा विश्वभरीका साधु सन्यासीहरुको जमधटको बेलामा नेपाललाई पुनः हिन्दुराज्यको दर्जा दिलाउन सनातन नेपाल हिन्दु पुर्नस्थापना समिति नेपाल रातदिन एक गरी लागि परेको छ ।
सनातन नेपाल हिन्दु पुर्नस्थापना समिति नेपालका अध्यक्ष विष्णु बरालले नेपाललाई हिन्दु राज्य धोषणा गराउन अन्तिम आरपारको लडाई सुरु गरेको बताए । उनले यो विषयमा विश्वभरीका साधु सन्यासी जम्मा हुने अवसर उज्जैनमा हुने लागेको कुम्भलाई प्रयोग गर्ने तयारी गरेका छन् ।
सनातन नेपाल हिन्दु पुर्नस्थापना समितिले यो विषयमा ठूलो तयारी गरेको छ । समितिले कुम्भमा सहभागी हुन आउने १० लाख श्रद्धालुहरुको खाना र बस्नको व्यवस्था नीजि खर्चमा गरिएको छ ।
उज्जैनको दतात्रेय जोन सेक्टर २ उजदाखेडा हनुमान मन्दिर पछाडि इन्दोर बायपास रोड मोहनपुरा व्रिज उज्जैन मध्यप्रदेशमा करिब २ एकड जग्गमा ठूलो पंडाल देखि लिएर भान्छा घर र सुत्नेव्यावस्थाका साथै श्रद्धालुहरुलाई नुहाउने, सौच आदिको को साथै ठूलोे क्याम्पको समेत संस्थाले व्यावस्था मिलाएको छ ।
करौंडो खर्च गरेर विश्वका साधु सन्यासीहरुको ध्यान नेपालप्रति खिच्नका लागि समितिको टीम दिनरात आयोजनस्थलमा खटिरहेको छ ।
अध्यक्ष बराल संविधानमा नेपाल धर्मनिरपेक्ष राज्य धोषणा भएसँगै हिन्दु राष्ट्रको पक्षमा निरन्तर सक्रिय रहेका छन् । नेपाल हिन्दुराष्ट्र हुनु पर्ने माग लिएर नेपालका राष्ट्रपति, प्रधानमन्त्री, संविधानसभा र राज्यका सम्बन्धित सबै निकायहरुसँग भेट गरी सकेको बराल बताउँछन्।
साथै दिल्लीस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र पनि पठाई सकेको उनले जानकारी दिए ।
उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमित शाह, राजनाथ सिंह, वरिष्ठ समाज सेवी अन्ना हजारे, शंकराचार्य,कालीदास बाबा लगायत राजनेता र धर्मगुरुहरुलाई पनि भेटेर हिन्दु राज्यको लागि पहल गर्न आग्रह गरि सकेका छन् ।
कुम्भमा हुन लागेको यो आयोजनमा ‘हिन्दुराष्ट्र बचाऔं, भ्रष्टाचार मीटाऔं’, भन्ने नारासहित समिति नेपाललाई हिन्दु राज्य धोषणा गराएरै छाडने संक्लपसहित अगाडि बढेको छ ।
यस विषयमा संस्थाका अध्यक्ष बराल भन्छन्, ‘हिन्दुहरुको एउटामात्र चिनारी रहेको नेपाललाई साम्यवादीको चोला ओढेकाहरुले मिलेर डालरको लालचमा धर्म निरपेक्ष धोषणा गरेका हुन्, यिनीहरुको भण्डाफोर नगरि हुँदैन, नेपाल हिन्दु राज्य रहेकोमा नेपालमा बसोबास गर्ने अन्य कुनै जाति धर्मले यो माग गरेका होइनन् उल्टो नेपालमा बस्ने मुस्लिम समुदायले समेत नेपाललाई हिन्दु राष्ट्र राख्नु पर्ने माग गरेको थियो ।’
उनले विश्वभरी छरिएर रहेका नेपालीहरुलाई हिन्दुराष्ट्रको सवालमा एकजुट हुन आग्रहसमेत गरेका छन् । हिन्दुराष्ट्र नेपालको लागि भारतमा कार्यरत विभिन्न हिन्दुवादी संघ–संगठनका साथै विश्व हिन्दु परिषद र भारतको आरएसएसले समेत नेपाल हिन्दुराष्ट्र कायम राख्नु पर्ने माग गर्दै आएको छ ।
बराल भन्छन ‘इतिहास हेर्नुस् सदा सत्यको वियज हुन्छ, हाम्रो आन्दोलनले यसलाई थप मद्धत गर्नेछ ।’
kathmandutoday-
भारतको मध्यप्रदेश उज्जैनबाट नेपाल हिन्दुराष्ट्र धोषणा हुन लागेको सनसनीपूर्ण खुलासा
news and entertainment