राष्ट्रकल्याणका लागि सङ्कटमोचन पूजा



काठमाडौँ,  रामनवमीका अवसरमा स्थानीय विशालबजारस्थित नेपालेश्वर महादेव मन्दिर परिसरमा ‘सङ्कटमोचन’ पूजा भएको छ ।गत वैशाखको भूकम्प तथा देशका विभिन्न स्थानमा भएका बाढीपहिराबाट मृत्युवरण गरेकाहरुको आत्मशान्तिको कामना गर्दै उक्त पूजामा होम समेत सुरु गरिएको छ । आगामी दिनमा दैवीप्रकोपबाट बच्न समग्र राष्ट्र तथा मानवकल्याणको कामनाका साथै हिन्दू जागरणका लागि प्रार्थना पनि गरिएको छ ।


शिवानन्द साधना केन्द्र र श्रीराम हनुमान आराधना मण्डलाले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा रामायण ग्रन्थको पारायण गरिएको छ । मिथिला परम्परामा आधारित भई रामायणसँग जोडिएका विभिन्न पात्रको मूर्ति बनाएर सुरु गरिएको प्रदर्शनीमा विभिन्न स्थानबाट मानिसको आगमन बढेको आयोजक संस्थाका प्रतिनिधि अस्मिता भण्डारीले जानकारी दिनुभयो ।

यही चैत २६ देखि आउँदो वैशाख ४ गतेसम्म चल्ने उक्त कार्यक्रममा मर्यादा पुरुषोत्तम रामचन्द्रको जीवनीमा आधारित कथा समेत सुनाइएको छ । रासस
 News24Nepal

,

news and entertainment