नेपाल-भारत सम्बन्धबारे स्वामी महामण्डलेश्वरको अनौठो वाणी, मोदी किन रिसाए ?
पोखरा, २७ चैत । विश्वविख्यात परमहंश स्वामी महेश्वरानन्द महामण्डलेश्वरले दुई कानबीच मगज नहुनुले मात्रै नेपालीलाई गरिब भन्ने गरेको बताउनुभएको छ ।
अमेरिकालगायत विश्वका विभिन्न देशमा आफ्नो अध्यात्मिक प्रवचन तथा योगको माध्यमबाट हजारौंलाई दीक्षित गरेका स्वामीले नेपाल भारतको पनि शीर भएकोले भारतीयले नेपाललाई सम्मान गर्नुपर्ने बताउनुभयो ।
भारतको मध्यप्रदेशको उचियानीमा आउँदो अप्रिल १२ तारिख (मंगलबार)देखि सुरु हुने कुम्भ मेलामा भाग लिन जाने क्रममा आरामको लागि पोखरा आएका स्वामीले शुक्रबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका कारण नेपाल भारत सम्बन्ध केही बिग्रिए पनि यो छिट्टै सङ्लिने आशा व्यक्त गर्नुभयो ।
नेपाल हिन्दू राज्य होस् भन्ने भारतीय प्रधानमन्त्री मोदी र अन्य भारतीयहरुको समेत चाहना रहेको स्वामीले खुलासा गर्नुभयो ।
आफूले भूकम्पमा राजस्थान सरकारमार्फत सहयोग गरेको स्मरण गर्दै उहाँले पोखराको पर्यटन प्रवर्द्धनका आफूले सक्दो प्रयास गर्ने आश्वासन दिनुभयो । पोखरा बसाईका क्रममा स्वामीले आइतबार र सोमबार प्रवचन दिनुहुनेछ ।
dainiknepal
