कमल थापाले अचानक गरे पदबाट राजिनामा दिने घोषणा
आइतबार, १९ वैशाख
काठमाडौ। दलहरुवीच लामो समयदेखि कायम रहेको सीमांकन सम्बन्धि विवाद अन्त्य गर्न आफ्नो नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक समिति को नेतृत्व छाड्ने मनस्थितिमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा पुगेका छन ।
बैठकमा सहभागि राप्रपा नेपालका बरिष्ठ नेता पशुपति शमसेर राणाका अनुसार हिजोको बैठकमा थापाले मधेसको मुद्दा समाधान गर्न नसकेको र समिति गठन गरेको तीन महिना पुग्न लाग्दा समेत समितिले पूर्णता पाउन नसकेको भन्दै आफू यसरी पदमा रहिरहन ईच्छुक नरहेको तर्क गरेका थिए ।
राणाले भने,‘ कमल थापाले आफ्नो विकल्प खोज्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए । जसमा प्रधानमन्त्री ओलीले छलफल गरेर यसमा बैकल्पि निर्णय गर्न सकिने स्पष्ट पारेका थिए ।’
थापा नेतृत्वको समिति फागुन ३ गतेको मन्त्री परिषदको बैठकले गठनको निर्णय गरेको थियो । सो समिति आफूहरुसँग छलफल नगरी ल्याएको भन्दै काग्रेसले प्रतिनिधि पठाएको छैन भने मधेसी मोर्चाले थापा नेतृत्वको समितिले समस्याको समाधान गर्न नसक्ने भन्दै समितिमा नजाने स्पष्ट पारिसकेको छ । मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली, काग्रेस सभापति शेरबहादुर देउवा र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागि भएमात्रै आफूहरु सहभागि हुने स्पष्ट पारिसकेको छ ।
nepalsandesh
