१० वर्षकै उमेरमा पुलिस कमिस्नर बनेका गिरीश शर्माको निधन

१० वर्षकै उमेरमा पुलिस कमिस्नर बनेका गिरीश शर्माको निधन भएको छ।
दुबै मृगौला फेल भएका गिरीशको मंगलबार उपचारका क्रममा दिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यहरूले जनाएका छन्।
हरियाणास्थित सिरसा निवासी शर्माको ‘पुलिस कमिश्नर’ बन्ने ठूलो सपना थियो। ‘मेक अ विश’ फाउण्डेशनको सहयोगमा गत वर्ष गिरीशलाई एक दिनका लागि जयपुरको पुलिस कमिश्नर बन्ने मौका मिलेको थियो।

गिरीश एक दिनका लागि पुलिस कमिशनर बनेपछि उनी कार्यालयमा गएका थिए।
उनलाई त्यहाँ तैनाथ सिपाहीहरूले सलामी दिएका थिए। पुलिस कमिश्नर जंग रावले पुष्प गुच्छा दिँदै उनलाई उनको कुर्सी हस्तान्तरण गरेका थिए।  यसपछि उनले केही पुलिस चौकीको निरीक्षणमा उनी गएका थिए।
हरियाणाका पूर्वगृह राज्यमन्त्री तथा हलोपा प्रमुख गोपाल कांडाले गिरीशका लागि मृगौला प्रत्यारोपणको सम्पूर्ण खर्चको व्यवस्था गरेका थिए। मेदान्ता अस्पतालमा उनको मृगौला प्रत्यारोपण गरिएको थियो। उनलाई उनकी आमाले मृगौला दिएकी थिइन्। यद्यपी उनको ज्यान बच्न सकेन।
setopati

,

news and entertainment