प्रियंका कार्कीले विहे गरेर लोग्ने छाडेको खुलासा, अर्काे विहे गर्ने

काठमाडौं । नेपाली चलचित्र क्षेत्रकी अहिलेकी नम्बर वान नायिका प्रियंका कार्कीले विहे गरेर श्रीमानसँग डिभोर्स गरेको खुलासा भएको छ ।
मंगलबार आफ्नो एक अन्तर्वार्ताका क्रममा प्रियंकाले आफ्नो विहे भइसकेको र पतिसँग डिभोर्स (सम्बन्ध विच्छेद) गरेको खुलासा गरेकी हुन् ।

पत्रकार चिरञ्जीवी पौडेलले लिएको अन्तर्वार्तामा उनले पतिसँग डिभोर्स गरेर अलग बसेपनि सम्बन्ध भने राम्रो रहेको र वर्षमा एकदुई पटक भेट हुने गरेको बताईन् । उनले केही दिनअघि मात्र पूर्वपति रोचक मैनालीसँग भेट भएको स्मरण गरिन् ।
अन्तर्वार्तामा उनले विहेपछि लाईफ फ्रि नभएको र आफू काममा व्यस्त हुँदा समय दिन नपाएकाले श्रीमानसँग सम्बन्ध विच्छेद गरेको कारण खुलाइन् । पूर्व पति अहिले पनि आफ्नो साथी भएको तर, पुरानो सम्बन्धलाई दुबैले विस्रिएको उनको भनाई छ ।
सिंगल लाइफ जिउनुमा छुट्टै मजा छ भन्दै प्रियंका भन्छिन्- ‘कहाँ गएकी थिइस्, किन ढिला आइस्, कहाँ जान ठिक्क परिस भन्ने प्रश्नको सामना आजभोली मैले गर्नुपर्दैन् ।’

‘मलाई बुझ्ने, मेरो प्रोफेसनलाई सम्मान गर्ने, मेरो लाइफस्टाइललाई स्वीकार गर्ने र मलाई जस्ताको तेस्तै अपनाउने केटा पाए’ अर्काे विहे गर्ने भन्दै उनले त्यस्तो केटाको खोजीमा रहेको सुनाइन् ।
dainiknepal

,

news and entertainment