खासा लगिदैं गरिएको १३ लाख भारु पक्राउ

चौतारा, जेष्ठ १६ - काठमाडौंबाट खासा तर्फ लगिदैं गरिएको १३ लाख भारतीय रुपैयाँ सशस्त्र प्रहरी बल तातोपानीले बरामद गरेको छ । उक्त नोटहरु हजार र पाँच सयका छन् । नोट लग्दै गरेका तातोपानी-३ कोदारीका श्याम श्रेष्ठ पनि पक्राउ परेका छन् ।
सशस्त्रका डिएसपी दिनेश मल्लका अनुसार मितेरी पुल क्रस गर्दै गरेका श्रेष्ठलाई चेक जाँच गर्दा उनको ब्यागबाट उक्त रकम बरामद भएको हो । प्रहरीले थप अनुसन्धानका लागि श्रेष्ठ र बरामद रुपैयाँ राजस्व विभाग पठाउँदैछ ।

news and entertainment