दुई खेलमा १७ गोल
काठमाडौ, जेष्ठ १६ - दुई खेल, १७ गोल । स्तरीय फुटबलमा यति धेरै गोल दुर्लभै हुने गर्छ । बलियो र निकै कमजोर टिमको प्रतिस्पर्धामा मात्र बारम्बार गोलको वर्षा हुन्छ । दशरथ रंगशालामा भइरहेको गोर्खा कपमा बुधबार उस्तै पटकथा बन्यो ।
सहिद स्मारक 'ए' डिभिजन लिगको पछिल्ला तीन सिजनमा रेलिगेसन टार्न पनि 'घुमाउरो बाटो' प्रयोग गरेको आरोप खेप्दै आएको एपीएफले मोफसलको 'बी' डिभिजन लिग च्याम्पियन देशभक्त युवा क्लबलाई १०-१ ले निराश पार्यो । सशस्त्र प्रहरी बलले वि.सं.२०६१ मा स्थापना गरेयता एपीएफ क्लबले हात पारेको सबैभन्दा ठूलो अन्तरको जित यही हो ।
एपीएफले थप गोलका दर्जन अवसर उपयोग गर्न सकेन । त्यसैले लक्ष्मी हुन्डाई मनाङ-मस्र्याङ्दीले टुसालमाथि रचेको १२-० को अन्तरलाई एपीएफले उछिन्न्न सकेन । दोस्रो खेलमा लिग च्याम्पियन लक्ष्मी बैंक थ्री-स्टारले म्याकड्वेल्स आरसीटीलाई ५-१ ले पन्छायो । नयाँ सिजनकै पहिलो प्रतियोगिता गोर्खा कपको १२ खेलमा प्रतिखेल ५ गोलको औसतमा कुल ६० गोल भए ।
लगातार दोस्रो जितपछि थ्री-स्टार समूह 'बी' मा ६ अंक जोड्दै नकआउट प्रवेशको संघारमा पुगेको छ । पहिलो खेलमा एपीएफलाई २-१ ले हराएको आरसीटीको ३ अंक छ । नवलपरासीको देशभक्तविरुद्ध प्राप्त जितसँगै एपीएफले पनि ३ अंक जोड्यो । दुवै खेल हारेपछि देशभक्त शून्यमा छ । समूहको अन्तिम चरणमा थ्री-स्टारले एपीएफ र आरसीटीले देशभक्तविरुद्ध खेल्नेछन् । त्यही खेलले अन्तिम आठ प्रवेश गर्ने दुई टिमको टुंगो लाग्नेछ ।
प्रकाश बुढाथोकीले प्रहार गरेको बलमा आरसीटीका निरज रेमी मगरले आत्मघाती गोल गरेपछि थ्री-स्टारले छैटौं मिनेटमै गोलको खाता खोल्यो । उसको अग्रता लामो समय टिकेन । थ्री-स्टारका रक्षापंक्तिको गल्तीको फाइदा लिंदै सुमन लामाले गोल गर्दै आरसीटीलाई २० औं मिनेटमै १-१ मा पुर्याए ।
प्रकाशको प्रहारमा पोलमा लागेर फर्केको बललाई कप्तान सन्तोष साहुखलले नजिकबाट पोस्टको दिशा दिंदै थ्री-स्टारलाई २-१ को अग्रता दिलाए । त्यसपछि थ्री-स्टार रोकिएन । स्टारहरूले भरिएको उसले विराज महर्जनको लोभलाग्दो गोलसँगै ३० औं मिनेटमा ३-१ को अग्रता लियो । पेनाल्टी क्षेत्र ठीक बाहिरबाट विराजले बायाँ खुट्टाले प्रहार गरेको बल सुन्दर गोलमा रूपान्तर भएको थियो ।
'खेलअघि तिमी -विराज) गोल गर्न सक्छौं भनेर एसएमएस पठाएको थिएँ । उनले मेरो निम्ति गोल गर्ने जवाफ दिए । उनले त्यो वाचा पूरा गरेकामा निकै खुसी लागेको छ,' थ्री-स्टार प्रशिक्षक प्रदीप हुमागाईंले भने । जगजित श्रेष्ठले ५० र जिका डोडोजले ६४ औं मिनेटमा गरेका गोल पनि स्तरीय थिए ।
थ्री-स्टार कप्तान सन्तोष ६१ औं मिनेटमा पाएको पेनाल्टीमा असफल भए । पेनाल्टीमा उनले प्रहार गरेको बल क्रसबारमा लागेर फर्कियो । उनले त्यही रिबाउन्ड बललाई पोस्टको दिशा दिए । उनी त्यसअघि नै पेनाल्टीमा विपक्षीले नछोई फर्केको बल आफैंले लिंदा अफसाइड हुने नियममा चुकिसकेका थिए । विराजको क्रसमा आरसीटीका डिफेन्डर कृष्ण कुँवरले हातले बल रोकेपछि थ्री-स्टारले पेनाल्टी अवसर पाएको थियो ।
'सबै गोल स्तरीय भएकाले सन्तुष्ट छौं,' थ्री-स्टार प्रशिक्षक हुमागाईंले भने । आरसीटी प्रशिक्षक मधु कार्कीले भने, 'थ्री-स्टार धेरै राम्रो टिम हो । हाम्रो डिफेन्स धेरै कमजोर छ । आसलाग्दो टिम नभए पनि क्वाटरफाइनल पुग्ने आस छ ।'
राजेन्द्रको चार गोल एपीएफका मिडफिल्डर राजेन्द्र रावलले देशभक्तविरुद्ध चार गोल गरे । उनले १४ औं मिनेटमा गोलको खाता खोलेपछि दोस्रो गोल २६ औं मिनेटमा गरे । देशभक्तका अजय पौडेलले एपीएफका जाङ्बु शेर्पालाई फल खेलेपछि प्राप्त पेनाल्टीमा गोल गर्दै राजेन्द्रले ४३ औं मिनेटमा ह्याटि्रक पूरा गरे ।
पहिलो हाफमा ४-० को अग्रता लिएको एपीएफका लागि सुदीप सिख्राकरले ३२ औं मिनेटमा गोल गरे । नवीन लामा, जाङ्बु, विशाल श्रेष्ठ र गणेश लावतीको नाममा एक-एक गोल रह्यो । देशभक्तका अजय पौडेलका निम्ति सुखद रहेन । उनले गणेशले प्रहार गरेको बल रोक्ने प्रयासमा ५८ औं मिनेटमा आत्मघाती गोल गरे ।