एक चक्र भएका कृष्ण पहाडी अब उपन्यासकार


कोठाभरि पहेंलो बस्त्र । सिटिङ रुममा बेतको टेवलमाथि पनि पहेंलै कपडाको टेबलपोस । छेउमा किताबका खात । एउटा जोगीको घरमा यो भन्दा बढी के नै पो हुन्छ र ! न श्रीमती, न छोराछोरीको होहल्ला । लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने मानवअधिकारवादी नेता तथा नागरिक समाजका अगुवा पिताम्बर भेषधारी कृष्ण पहाडीको दिनचर्या यतिबेला एकान्तमा बसेर उपन्यास तथा संस्मरण लेखनमा बित्न थालेको छ ।krishna pahadi picture
सधैं पहेंलो लुगा लगाएर हिँड्ने अविवाहित ५० वर्षीय पहाडीको पहिलो उपन्यास ‘ग्रहण लागेको बेला’ ०६९ सालको अन्त्यमा प्रकाशित भैसकेको छ । १८४ पृष्ठको उपन्यासमा पहाडीले १० वर्ष यता देशमा भएका विभिन्न मानव अधिकार उल्लंघन एवं ज्यादतीका तथ्यपूर्ण घटनाहरुलाई काल्पनिक पात्रहरुका माध्यमबाट प्रस्तुत गर्नुभएको छ । केही दिनअघि मानवअधिकार तथा शान्ति समाजको सत्याग्रहमा सहभागी हुनुबाहेक पहाडी यतिबेला लगभग गुप्तबासमै हुनुहुन्छ भन्दा पनि फरक पर्दैन । मिडियामा आउन वा केही भनेर चर्चा बटुल्न पनि उहाँलाई कुनै जरुरी छैन, उहाँ उसै पनि चर्चाको शिखरमा पुगिसक्नुभएकै छ । कुनै पत्रकारले फोन गरेर भेट्न या केही बोल्न आग्रह गरे, उहाँ भन्नुहुन्छ- ‘भैगो, अहिले म केही पनि बोल्दिँन ।’
पहाडीको पछिल्लो उपन्यासको समीक्षा अवश्यै होला । तर, ०६९ सालमा मात्रै १२ वटा किताव लेखिसक्नुभएका र गीत, कविता, यात्रास्मरण लगायत कूल २४ वटा पुस्तक लेखिसक्नुभएका पहाडीले पछिल्लो समय उपन्याससँगै ‘यो एक वर्ष’ नामक संस्मरण समेत संस्मरणमा आफ्नोबारे केही रोचक कुरा लेख्नुभएको छ ।
पहाडीले आफ्नो संस्मरणमा यस्तो लेख्नुभएको छ :
”म ५० वर्ष पुगें । मेरा हातका औंलामध्ये एउटामा मात्र चक्र थियो । ‘एक चक्र भएको मान्छे या राजा समान हुन्छ या जोगी समान हुन्छ’ ज्योतिषीहरु यसै भन्थे । म काहीँ जोगी हुने त होइन ? सानामा म यो सोचेर आतिन्थें । त्यसबेला मेरो चाहना राजा समान नै हुने थियो । समयको सुई घुम्दै गयो । जसै म २५ वर्षमा प्रवेश गरें, मेरो सोचाइमा आमूल परिवर्तन आयो । मेरो भोजन, मेरो पहिरनलगायत मेरो जीवनमा परिवर्तन आयो । त्यसपछि शुरु भयो प्रतिज्ञाको सिलसिला । ती प्रतिज्ञाले निसास्सिएको अनुभव मैले कहिल्यै गरिँन ।”

news and entertainment