यो हो पश्चिम नेपाल (फोटोफिचर)


भाषा, संस्कृती, हिमाल, ताल, रहन-सहन मात्र नभएर ऐतिहासिकरुपले पनि पश्चिम नेपाल महत्वपूर्ण रहेको छ । पर्यटकीय सम्भावना मात्र नभएर पर्यटक स्थलहरु प्रचुर मात्रामा भएर पनि पर्यटकीयस्थल बन्न सकिरहेका छैनन् । न पश्चिम नेपालमा राज्यको सबै भन्दा ठुलो ताल, सबैभन्दा गहिरो ताल, सबै भन्दा लामो गुफा, सबैभन्दा उच्च स्थानमा धान फल्ने स्थल, नेपाली भाषाको उदगम थलो, नेपाली भाषको पहिलो अभिलेख, एसियाकै सबैभन्दा बढी बाह्र देख्न सकिने स्थल, एसियाकै सबैभन्दा लामोभ झोलुगे पुललगायत राज्यमै पहिलो स्थान आगेटेका प्रशस्त मात्र रहेका छन् । तर पनि यातायातको असुविधा तथा राज्यको उदासीनताका कारण जति पश्चिम नेपालको पर्यटीय स्थलको पहिचान पाउनुपर्ने हो त्यति पाउन सकेको छैन ।
1
रमणीय खप्तडका पाटनहरुका फाँट तथा त्रिवेणी मन्दिरको ऐतिहासिक धार्मिक र पुरातात्विक महत्व छुटै छ । एकातिर नेपाली भाषाको उद्गम क्षेत्र जुम्लाको सिजा प्रदेशले छुटै इतिहास बोकेको छ भने अर्कोतिर त्यस क्षेत्रका डाँडा काडा पर्यावरण, कला संस्कृति र सौन्दर्य पनि निकै धनी छ पश्चिम नेपाल । यसै सन्दर्भमा पश्चिम नेपाललाई कैद गरिएको भरतबन्धु थापाको ‘पश्चिम नेपाल’ तस्वीर संग्रह आइतबारदेखि बजारमा आउने भएको छ । त्यसैगरी जेठ १० देखि १२ सम्म राष्ट्रिय सभागृहमा पश्चिम महिला जागरण समूहले मध्य तथा सुदूर पश्चिम पर्यटन तथा सांस्कृतिक महोत्सव गर्दै

news and entertainment