राप्रपा र राजपाको महाधिवेशनः आलोपालो नेतृत्व अस्वीकार


४ जेठ, काठमाडौं । कार्यकर्ताले सामूहिक नेतृत्वको प्रस्ताव अस्वीकार गरेपछि राजधानीमा जारी राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशनको बन्दसत्र प्रभावित भएको छ ।
बन्दसत्रमा परशुराम खापुङले आलोपालो नेतृत्व गर्ने प्रस्तावसहितको विधान संशोधनको प्रस्ताव पेश गर्नु भएको थियो । तर, सहभागीहरुले त्यसविरुद्ध नाराबाजी गरेपछि बन्दसत्र आइतबार विहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।
प्रस्तावमा शीर्ष चार नेता रहने उच्चस्तरीय राजनीतिक कार्यसम्पादन समिति गठन गर्ने र आलोपलो नेतृत्व गर्ने उल्लेख छ भने १ अध्यक्ष, ३ उपाध्यक्ष, ३ महामन्त्री लगायतका पदाधिकारीसहितको १ सय ७ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको छ ।
एकतापछि पार्टीको नाम राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टीको प्रस्ताव गरिएपनि कार्यकर्ताको विरोधपछि राष्ट्रिय प्रजातन्त्र पार्टी नै राख्न सुझाव आएको छ । शुक्रबारबाट सुरु भएको एकता महाधिवेशनमा २ हजार २ सय बढी नेता कार्यकर्ताको सहभागिता रहेको छ ।

news and entertainment