नेपाली रुपैयाँ कमजोर हुने क्रम सोमबार पनि कायम- economy down
काठमाडौं, जेष्ठ २१ - अमेरिकी डलरसँग नेपाली रुपैयाँ कमजोर हुने क्रम सोमबार पनि कायम रह्यो ।
राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको दरअनुसार एक डलर खरिद गर्न ९१ रुपैयाँ ५ पैसा खर्च गर्नुपर्ने भएको छ । योसँगै नेपाली रुपैयाँ करिब ११ महिनायताकै कमजोर अवस्थामा पुगेको छ । भारतमा डलरको मूल्य बढेपछि त्यसको असर यहाँ परेको हो । डलरको मूल्य बढेपछि सुन र पेट्रोलियम पदार्थको बजारमा असर देखिन थालेको छ । यसका साथै आयातित वस्तुको मूल्य पनि बढाउन सहयोग पुग्ने देखिन्छ । मुलुकबाट निर्यात हुने वस्तु तथा सेवालाई भने डलरको मूल्य बढ्दा फाइदा हुन्छ ।