नेपाली राजनीति तातियो -सहमतिका लागि दलहरुलाई रेग्मीको ४ दिन अल्टिमेटम
२० जेठ, काठमाडौं । चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले निर्वाचनसम्वन्धी अध्यादेशको विवादित विषयमा ४ भित्र सहमतिमा पुग्न प्रमुख दलहरुलाई आग्रह गर्नु भएको छ । २४ गतेसम्म दलहरुबीच सहमति नभए सरकार आफैं ढंगले अघि बढ्ने उहाँको चेतावनी छ ।
एमाले अध्यक्ष एवं उच्चस्तरीय राजनीतिक समितिका संयोजक झलनाथ खनालले सोमबार रेग्मीलाई भेटेर संविधानसभा सदस्य निर्वाचन अध्यादेश र निर्वाचनका विविध विषयमा दलहरुबीच भइरहेका छलफलवारे जानकारी गराउनु भएको थियो । राजनीतिक समितिमा दलहरुबीच भइरहेका छलफल निष्कर्षमा पुगिनसकेको र आउँदो जेठ २४ गतेका लागि अर्को वैठक तय गरिएको जानकारी गराउनुभयो ।
भेटमा रेग्मीले भने विवादित विषय टुङ्ग्याउन सरकार कत्तिपनि ढिलो गर्ने पक्षमा नरहेको बताउनु भयो । ‘निर्वाचन अध्यादेश टुंगाउने र निर्वाचनको मिति घोषणा गर्ने विषय तत्काल गर्नुपर्ने विषय भएको छ र यी विषयलाई सरकारले अत्यावश्यक ठानेको छ” रेग्मीले भन्नुभयो-’यी विषयलाई टुंगाउन सरकार कत्ति पनि ढिलाई गर्ने पक्षमा छैन ।’ उहाँले जेठ २४ गते भित्रै सहमतिमा पुग्न आग्रह गर्नु भएको रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले जेठ २४ गते भित्र दलहरु निष्कर्षमा पुग्न नसके सरकारले विभिन्न दलहरुसंगको छलफललाई ध्यानमा राखि उपयुक्त निर्णय लिएर अघि बढ्नु पर्ने वाध्यात्मक परिस्थिति आउने चेतावनी दिनु भएको छ ।