गोर्खा कप फुटबल-सबैको सम्भावना खुला
काठमाडौ, जेष्ठ १९ - गोर्खा कपको समूह 'डी' बाट अन्तिम आठमा पुग्ने दुई टिमका लागि लिग चरणको अन्तिम खेलसम्म कुर्नुपर्ने भएको छ । समूहका चारै टिम एक जित र एक हारको स्थितिमा रहेपछि यस्तो अवस्था आएको हो । शनिबार दशरथ रंगशालामा भएका खेलमा ब्वाइज युनियन र एनआईबी फ्रेन्ड्स विजयी रहे । सामसुङ जावलाखेल र यती हिमालयन शेर्पाको पनि एक/एक जित रहेको छ ।
अब यो समूहबाट नकआउट चरण पुग्ने टिमको टुंगो ब्वाइज युनियन र प|mेन्ड्स तथा जावलाखेल र हिमालयन शेर्पाबीचको खेलबाट हुनेछ । गोल अन्तरका आधारमा शीर्ष दुईमा प|mेन्ड्स र जावलाखेल रहेका छन् । त्यसयता हिमालयन शेर्पा र ब्वाइज युनियन छन् । यस्तै स्थितिमा अगाडि बढ्ने दुई टिमको निर्णयका लागि 'हेड टु हेड' भन्दा गोल अन्तरमा भर पर्नुपर्नेछ ।
'यो समूहमा चारै टिम समान खालका छन् । चारै टिम नयाँ छन् र विश्वास गरिहाल्ने खालका छैनन्,' प|mेन्ड्सका प्रशिक्षक मेघराज केसीको विश्लेषण थियो, 'त्यसैले लिग चरणको अन्तिम दिनको खेलमा जस्तो पनि नतिजा आउन
सक्छ । हाम्रो उद्देश्य नकआउट चरण पुग्ने नै हो । तर यो समूहमा चारै टिमलाई सजिलो नहुने निश्चित छ ।'
दिनको पहिलो खेलमा 'ए' डिभिजन उक्लेयता ब्वाइज युनियनले पहिलो जित निकाल्यो । उसका लागि असिमजंग कार्कीले ८५ औं मिनेटमा निणर्ायक गोल गरे । कमल श्रेष्ठको कर्नरलाई उनले हेडबाट गोल गरे । यसअघि जावलाखेलले उमेश थापाको गोलले १८ औं मिनेटमा अग्रता लिएको थियो । त्यसयता ब्वाइज युनियनले दुई गोल फर्कायो ।
आशिक थापामगरले २६ औं मिनेटमा गोल गरे भने विनोद लामाले २९ औं मिनेटमा दोस्रो गोल थपे । प्रदीप महर्जनले ३४ औं मिनेटमा शक्तिशाली प्रहार मदतले आकर्षक गोल गरे र जावलाखेल फेरि खेलमा र्फकन सफल रह्यो । तर जावलाखेलको भाग्यमा हार लेखिएको थियो । 'हामीलाई पनि नकआउट चरण पुग्न गाह्रो छ,' जावलाखेल प्रशिक्षक राजकुमार केसीले भने ।
जितेपछि ब्वाइज युनियनका प्रशिक्षक विजय महर्जनले भने, 'जित्नैपर्ने खेल थियो, तर हामी टिमको प्रदर्शनमा खुसी छैनौं ।' दोस्रो खेलमा रितेश मल्लले २७ औं मिनेटमा रिबाउन्डमा प|mेन्ड्सका लागि पहिलो गोल गरे । हिमालयन खेलको अन्तिम १९ मिनेट दस खेलाडीमा सीमित रह्यो । दोस्रो पहेंलो कार्डमा पाल्साङ लामा मैदान छाड्न बाध्य रहे ।
सब्स्टिच्युटका रूपमा मैदान प्रवेश गरेका विष्णु केसीले दोस्रो हाफको इन्ज्युरी समयको पहिलो मिनेटमा दोस्रो गोल गरे । मैदानमा छिरेको चार मिनेटपछि विष्णुले पहिलोपल्ट बल छुने अवसर पाए र त्यो नै उनको नाममा गोल रह्यो । 'आजको खेल गुमाए पनि हाम्रो नकआउट चरण पुग्ने सम्भावना बलियो नै छ,' हिमालयनका प्रशिक्षक विकास गौचनको दाबी थियो ।
ब्वाइज युनियन ३-२ जावलाखेल