कमलरीको आह्वानमा तराई बन्द

२१ जेठ, काठमाण्डौं । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको कमलरी प्रथा उन्मुलन संर्घष समितिले आह्वान गरेको बन्दका कारण आज तराईको जनजीवन प्रभावित भएको छ । सरकारले गठन गरेको सहसचिव स्तरिय वार्ता टोलीसंग वार्ता अस्वीकार गरेको संघर्ष समितिले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गदै तराई बन्द गराएको हो ।

काठमाडौको सिंहदरवार अगाडि शान्तिपूर्ण आन्दोलनमाथी भएको प्रहरी धरपकडमा विरोधमा थारु सम्बद्ध संघ संगठनले तराइका २२ जिल्लामा आम हडताल आहृवान गरेका हुन् ।

सरकारले सहसचिव स्तरिय वार्ता टोली गठन गरेर आफूहरुको हपमान गरेको भन्दै उनिहरुले मन्त्रीस्तरिय वार्ता टोलीसंग मात्र बार्तामा बस्ने बताएका छन । दिउसो शान्ति बाटीकावाट बिरोध जुलुस सहित अनामनगरको हनुमानस्थानमा विरोध सभा आयोजना गरिने कमलरी नेत्री शान्ता चौधरीले जानकारी दिनुभयो ।

आइतवार भएको प्रहरी धरपकडमा घाइते भएका ५ जना कमलरी अहिलेसम्म अचेत रहेका छन । कमलरीको आन्दोलनप्रति विभिन्न संघ संस्थाले ऐक्यबद्धता जनाएका छन ।

news and entertainment