इटलीले लग्यो मेलम्ची ठेक्का -
काठमाडौ, जेष्ठ २१ - मेलम्ची खानेपानी आयोजनाको महत्त्वपूर्ण संरचना सुरुङमार्ग निर्माणको ठेक्का इटालियन कम्पनी सीएमसीले पाएको छ । आयोजनाले प्राविधिक प्रस्तावबाट छनोट भएका दुई कम्पनीको सोमबार आर्थिक प्रस्ताव खोल्दा सीएमसीले सुरुङ निर्माणमा कम रकम कबोलेकाले ठेक्का पाएको हो । सुरुङबाट दैनिक १७ करोड लिटर पानी राजधानी ल्याउने योजना सरकारको छ ।
सीएमसीले ७ अर्ब ७१ करोड रुपैयाँमा राजधानीसम्म पानी ल्याउने सुरुङ (खन्न बाँकी २१ किलोमिटर) निर्माण गर्ने र खोलामा बाँध (इन्टेक) बनाउने ठेक्का पाएको हो । अर्को दाबेदार चिनियाँ कम्पनी सिनो हाइड्रोले १० अर्ब ९१ करोड प्रस्ताव गरेको थियो । सुरुङ निर्माणका लागि चार कम्पनीले प्रस्ताव हाले पनि प्राविधिक प्रस्तावबाट सीएमसी र सिनो हाइड्रोमात्र छनोट भएका थिए ।
मेलम्ची खानेपानी विकास समितिद्वारा उक्त कम्पनीलाई पत्र पठाई १५ दिनभित्र ठेक्का पाएको सूचना दिने र चार सातापछि सम्झौता गरिने जानकारी आयोजना प्रमुख कृष्ण आचार्यले दिए ।
ठेक्का सम्झौतामा सीएमसीले २०७३ असारभित्र सुरुङ र इन्टेक निर्माण गरिसक्नुपर्ने समयसीमा दिइनेछ । आउँदो असारभित्र सुरुङ निर्माण थाल्ने र ढिलोमा ३६ महिनामा काम सम्पन्न भई मेलम्चीबाट राजधानीमा पानी आउने जानकारी आयोजनाका अधिकारीले दिए । आयोजनाले सुरुङ निर्माण निर्धारित समयभन्दा पहिले सम्पन्न गर्न ठेकेदारलाई बोनस दिने भएको छ । ठेकेदारले निर्धारित समयभन्दा जति दिन पहिले सुरुङ निर्माण सम्पन्न गर्छ, उसलाई त्यति दिनको कुल ठेक्का रकमको ० दशमलव ०५ प्रतिशतका दरले बोनस दिइनेछ । छिटो काम सकेमा ठेकेदारले बढीमा कुल ठेक्का रकमको १० प्रतिशतसम्म बोनस पाउनेछ ।
सन् २०१३ को सुरुमै सुरुङ सक्ने गरी सन् २००९ मा ठेक्का पाएको चिनियाँ ठेकेदार चाइना फिफटन रेल्वे ब्युरोले झन्डै चार वर्षमा जम्मा साढे ६ किमिमात्र सुरुङ निर्माण गरेका कारण उससितको ठेक्का तोडिएपछि सुरुङ निर्माणको लागत दोब्बर बढेको छ भने दोस्रो पटक टेन्डर गर्नुपर्दा आयोजना तीन वर्ष ढिलो भइसकेको छ । चिनियाँ ठेकेदारले साढे २७ किमि सुरुङ र इन्टेक बनाउन ४ अर्ब २८ करोड रुपैयाँमा ठेक्का पाएको थियो ।
६० करोड बिल भुक्तानी लिएको चिनियाँ ठेकेदारले जम्मा साढे ६ किमि मात्र सुरुङ खनेको छ । चिनियाँ ठेकेदारले लापरबाही गरी नबनाएको र लामो समय खेर फालेका कारण बाँकी २१ किमि सुरुङको लागत दोब्बर बढेको हो । ६० करोड र बाँकी २१ किमि सुरुङ र इन्टेकका लागि सीएमसीद्वारा प्रस्तावित ७ अर्ब ७१ करोड गरी सुरुङ निर्माण गर्न ८ अर्ब ३१ करोड रुपैयाँ लाग्ने भएको छ ।
सन् २००८ को मूल्यमा ४ अर्ब २८ करोड रुपैयाँलाई विचार गर्दा हालको मूल्यमा ७ अर्ब ७१ करोड धेरै महँगो नभई ठीकै (रिजनेबल) प्रस्ताव भएको आयोजनाका अधिकारी बताउँछन् । सन् २००८ मा अमेरिकी एक डलरको भाउ ६४ रुपैयाँको हाराहारीमा थियो भने हाल ९० रुपैयाँ छ भने निर्माण सामग्रीको मूल्यसमेत पाँच वर्षको अवधिमा धेरै बढिसकेको छ ।
सरकारले चिनियाँ ठेकेदार चिनियाँ रेल्वे फिफटन ब्युरोले राखेको पफरमेन्स बन्ड ६० मिलियिन डलर र एड्भान्सबापत उसले लिएको ६६ लाख डलरको समेत बैंक ग्यारेन्टी पि|mज गरिसकेको छ । चिनियाँ ठेकेदारले पि|mज भएको रकम चिनियाँ बैंकमार्फत मेलम्ची खानेपानी आयोजनालाई दिने आश्वासन दिए पनि हालसम्म भुक्तानी गरिसकेको छैन ।
'नयाँ ठेकेदार आयोजनास्थलमा परिचालन भएपछि चिनियाँ ठेकेदारले निर्माण गरेको साढे ६ किमि सुरुङको काम र उसका उपकरणको हिसाबकिताब गरिनेछ,' आयोजना प्रमुख आचार्यले भने, 'उसलाई तिर्नुपर्ने देखिए आयोजनाले तिर्छ र उसले तिर्नुपर्ने देखिए असुलउपर गरिनेछ ।'
मेलम्चीदेखि सुरुङबाट सुन्दरीजलसम्म ल्याइने पानी प्रशोधन गर्न बनाइने दोस्रो ठूलो संरचनाको निर्माण भने जापानी सहयोग नियोग -जाइका) का कारण कहिले सुरु हुने अनिश्चित रहेको जानकारी स्रोतले दियो ।
आयोजनाले सुन्दरीजलमा पानी प्रशोधन केन्द्र -टि्रटमेन्ट प्लान्ट) निर्माण गर्न गत मंसिरमै टेन्डर हालेका कम्पनीहरूको प्राविधिक तथा आर्थिक प्रस्ताव खोली जाइकामा पठाए पनि हालसम्म सहमति आएको छैन । उसले कहिलेसम्म सहमति दिन्छ, कुनै जानकारी नआएको समेत स्रोतले उल्लेख गर्यो । पानी प्रशोधन संरचना निर्माणमा जाइकाको अनुदान सहयोग छ ।
अन्तिम चरणको टेन्डर प्रक्रियामा प्रशोधन संरचना निर्माणका लागि चीनको सीडब्लूई, अस्टि्रयाको कोइबाक र जापानको हिटाची कम्पनी छनोट भएका छन् । जाइकाको सहमति आउनासाथ आयोजनाले ती तीनमध्ये कम रकम कबोल गरेको र प्राविधिक प्रस्तावसमेत राम्रो भएको कम्पनीलाई प्रशोधन संरचना निर्माण गर्न दिनेछ । सुरुङ निर्माण हुँदासम्म प्रशोधन संरचनासमेत बनाइसक्ने योजना आयोजनाको छ । त्यहाँ प्रशोधन हुने पानी पाइपमार्फत राजधानीको खानेपानी प्रणालीमा जोडी वितरण गरिनेछ ।