यौन सम्पर्क राख्न सबैभन्दा राम्रो बिहीबार
यौनसम्पर्कका लागि बिहानी पखको समय सबैभन्दा उत्तम भएको तथ्य यसअघिनै सार्वजनिक भइसकेको छ ।
हालै यौन सम्पर्कका लागि बिहीबार सबैभन्दा राम्रो दिन भएको तथ्य सार्वजनिक भएको छ । लन्डन स्कूल अफ इकोनोमिक्सले हालै गरेको एक अध्ययनले यौनसम्पर्कका लागि सबैभन्दा उत्तम दिन बिहीबार रहेको तथ्य सार्वजनिक गरेको हो । अध्ययन अनुसार बिहीबारको दिनमा पुरुष र महिलाको सेक्स हर्मोन अरु बारको तुलनामा झन्डै पाँच गुना बढेको हुन्छ । जसका कारण पुरुष तथा महिलाले सो दिन यौन सम्पर्क राखेमा अरु बारेको तुलनामा पाँच गुना बढी आनन्द लिन सक्छन् । साताका प्रत्येक दिन कुनै खास कुराका लागि महत्वपूर्ण रहेका छन् । अध्ययन प्रतिवेदनमा भनिएको छ । तर अरु बारको तुलनामा मानव यौन जीवनका लागि सबैभन्दा र महत्वपूर्ण रहेको छ । यो दिन यौन सम्पर्क राख्ने जो कोहीले पनि चरम आनन्द प्राप्त गर्नेछन् ।
लन्डनकै हजारौँ व्यक्तिसित गरिएको अध्ययनपछि तयार पारिएको प्रतिवेदनमा आइतबार घरको भन्दा बाहिरको खाना खान राम्रो रहेको, सोमबारको दिन मानिसलाई मुटुसम्बन्धी रोग धेरै लाग्ने गरेको, मंगलबारको दिन कामका लागि सबैभन्दा उत्तम दिन रहेको, बुधबारको दिन माया, प्रेमका लागि उत्तम रहेको, बिहीबार यौनसम्पर्क गर्नेका लागि, शुक्रबार धुम्रपान गर्नेहरुलाई छाड्न उत्तम दिन रहेको, शनिबार बच्चा पाउन सबैभन्दा उत्तम दिन रहेको उल्लेख गरिएको छ ।
