गल्फ प्रतियोगिता हुने

काठमाडौ, २६ जेठ। व्यावसायिक गल्फ खेलाडी घनश्याम थापाको प्रायोजनमा यही जेठ २७ र २८ गते तिलगङ्गास्थित रोयल नेपाल गल्फ क्लब मैदानमा ‘घनश्याम खुला गल्फ च्याम्पियनसिप’ हुने भएको छ। नेपाल प्रोफेसनल गल्फर्स एसोसियसनद्वारा आज जारी विज्ञप्तिमा सूर्य नेपाल गल्फ टूर २०१२–१३ अन्तर्गतको यस प्रतियोगितामा व्यावसायिक तथा एमेच्योर खेलाडीलाई खेल क्षमता बढाउन सो प्रतियोगिता सञ्चालन गर्न लागेको उल्लेख छ।

प्रतियोगिता ओभर ७२ होल्समा सञ्चालन हुनेछ भने यसमा २८ जना व्यावसायिक र १२ जना एमेच्योर खेलाडीको सहभागिता रहनेछ ।रु तीन लाखको लागतमा सञ्चालन हुन लागेको प्रतियोगिताका विजेता खेलाडीले रु ५५ हजार, उपविजेताले रु ३७ हजार र तेस्रो स्थान हासिल गर्नेले रु २९ हजार पुरस्कारका साथै शिल्ड प्राप्त गर्नेछन्।

news and entertainment