पूर्व सभासदहरु बबन सिंह र महेश यादव फोरम नेपालमा प्रवेश
काठमाडौ, जेष्ठ २१ - पूर्व सभासदहरु बबन सिंह र महेश यादव मधेसी जनअधिकार फोरम नेपालमा सोमबार प्रवेश गरेका छन् । सिंह रौतहटबाट स्वतन्त्र र सप्तरीबाट सदभावना पार्टीको उम्मेदवार भएर गत संविधानसभामा जितेका यादव अहिले अनिल झा नेतृत्वको संघीय सदभावनामा थिए ।
त्यस्तै, सर्लाहीका रामचन्द्र राय(पूर्व सांसद) पनि फोरम प्रवेश गरेका छन् । उनी विगतमा राप्रपा बाट तमलोपा हुँदै आफ्नै नेपाली जनता पार्टी खोलेका थिए । संघीय सदभावनाकै देवेन्द्र यादव-महोत्तरी) र प्रवक्ता चन्दन सिंह, फोरम गणतान्त्रिक पर्साका नेता ग्यासिद्दिन मियाँ लगायतका नेताहरु फोरम प्रवेश गरेका छन् ।
अनामनगरस्थित मिडिया इन्टरनेसनलमा आयोजित एक समारोहमा पार्टी अध्यक्ष उपेन्द्र यादव तथा नेता भरतविमल यादवले नवप्रवेशीलाई स्वागत गरेका थिए । लामोसमयदेखि राजनीतिमा सक्रिय नरहेका भरतविमल केही दिन अगाडि फोरम नेपाल प्रवेश गरेका थिए ।