सोनिया गान्धीलाई अमेरिकामा देख्नेलाई २० हजार डलर पुरस्कार

अमेरिकास्थित सिख्स फर जस्टिस नामक संस्थाले सन् २०१३ को सेप्टेम्बर २ देखि ९ सम्म कांग्रेस आइ अध्यक्ष सोनिया गान्धीलाई अमेरिकामा देखेको पुष्टि गर्नेलाई २० हजार डलर पुरस्कार दिने घोषणा गरेको छ । भारतमा सन् १९८४ मा भएको सिख विरोधी दंगामा कांग्रेस आई अध्यक्ष सोनियाको समेत हात रहेको भन्दै न्युयोर्क अदालतमा मुद्धा हालेको उक्त गैरसरकारी संस्थाले न्युयोर्कबाट प्रकाशित हुने अखबारमा विज्ञापन गरी पुरस्कार घोषणा गरेको हो ।

विज्ञापनमा सोनिया गान्धीलाई सन् २०१३ को सेप्टेम्बर २ देखी ९ का बीच अमेरिकामा देखेको साविती बयान अदालत समक्ष दिएमा २० हजार डलर दिने उल्लेख छ । सोनिया विरुद्धको न्युयोर्क अदालतको मुद्धा सबुद प्रमाणको अभावमा खारेज हुने अबस्थामा पुगेको छ ।
अमेरिकी कानुन अनुसार मुद्धा दायर गर्ने व्यक्तिले नै आरोपीलाई अदालत समक्ष उपस्थिति गराउनु पर्ने भएकाले उक्त संस्था प्रमाण जुटाउन लागिपरेको हो । सोनियाकी सासु एवं भारतकी तत्कालीन प्रधानमन्त्री ईन्दिरा गान्धीको सिख समुदायका अंगरक्षकबाट हत्या भएपछि भड्किएको दंगामा ३ हजार सिख मारिएका थिए । मुद्धामा सिख विरोधी दंगामा सामेल कांग्रेस कार्यकर्तालाई सोनिया गान्धीले बचाउने प्रयास गरेको आरोप लगाइएको छ ।
imagekhabar.com

, ,

news and entertainment