अन्तत एमाले र कांग्रेस बिच सहमति, कोइराला भोली प्रधानमन्त्री बन्ने
काठमाडौ । नेपाली कांग्रेसका सभापति शुशील कोइलारालाई एमालेले समर्थन गर्ने भएपछि प्रधानमन्त्रीको लागि उम्मेदवारी दर्ता गराएका छन् । उपसभापति रामचन्द्र पौडेलको प्रस्तावमा एमाले संसदीय दलको नेता केपी शर्मा ओलीको समर्थन पाएपछि कोइरालाले संसद सचिवालयमा उम्मेदवारी दर्ता गराउनुभएको छ । यो सहमति पछि भोली नै कोइराला प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।
संसद सचिवालयले जानकारी दिए अनुसार प्रधानमन्त्रीमा कांग्रेस सभापति कोइरालाको मात्र उम्मेदवारी परेको छ । एमालेसगको लामो छलफल पछि बिभिन्न बुदामा सहमति पनि भएको छ ।आज कांग्रेस संसदीय दलको वैठकले पठाएको प्रस्तावमा एमाले लचक हुदै स्वीकारे पछि एमाले स्यायी कमिटीको वैठकले काग्रेस सरकारमा सहभागी हुने निर्णय गरेको हो । कांग्रेस वैठकले एक बर्षभित्र संबिधान जारी गरी राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन गर्ने लगायतका प्रस्ताव एमालेलाई पठाएको थियो ।

संयुक्त सरकार निर्माणबारे आजै एमाले र कांग्रेसबीच बिभिन्न बुदामा सहमति समेत भएको छ । एक बर्ष भित्रमा नयाँ संबिधान जारी गर्ने, अघिल्लो संबिधानसभाले गरेका कामको स्वामित्व लिने, प्रधानमन्त्रीमा कांग्रेस सभापतिलाई सहयोग गर्ने, संविधानसभाले राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन गर्ने, एक वर्षभित्र संविधान जारी भएपछि राष्ट्रपति, उपराष्ट्रपति र सभामुखसहितका पदाधिकारीहरुको निर्वाचन गर्ने लगायतका बुदाहरुका सहमति भएको छ ।
प्रधानमन्त्रीको लागि भोलि व्यवस्थापिका संसदमा ११ बजे निर्वाचन हुँदैछ ।
http://www.hamrakura.com
प्रधानमन्त्रीको लागि भोलि व्यवस्थापिका संसदमा ११ बजे निर्वाचन हुँदैछ ।