ड्युरेक्स फेस अफ ग्लोबल सेक्स सर्भेका क्रममा जुन निष्कर्ष निस्किएको छ त्यसमध्ये कति अविश्वसनीय छन् भने कतिपय निकै विचत्र । समग्र संसारमा सेक्सका विषयमा पाइने बानी र प्रवृत्तिका बारेमा
ड्युरेक्सले विश्वका २६ देशका २६ हजार बढी व्यक्तिसँग प्रश्न सोधेको थियो ।
यो सर्भेक्षणका अनुसार ब्राजिलका युवायुवतीहरु अन्य कुनै पनि देशको तुलनामा सबैभन्दा पहिला कुमारीत्व गुमाउने गर्दछन् । ब्राजिलका युवायुवती औषतः १७ वर्षकै उमेरमा कुमारीत्व गुमाउने गर्दछन् ।
भारतीय युवायुवतीको कौमार्य २२.५ वर्षमा भंग हुने गर्दछ । ब्राजिलका युवायुवतीको कौमार्य गुमाउने उमेर १७ वर्ष ३ महिना छ भने जर्मनीमा १७ वर्ष ८ महिना, अस्ट्रेलियामा १८ वर्ष १ महिना, बेलायतमा १८ वर्ष र अमेरिकामा १८ वर्ष ४ महिना औषत रहेको छ
यसरी नै अन्य देशका युवा युवतीको कौमार्य भंग हुने उमेर फ्रान्समा १८ वर्ष ७ महिना, म्याक्सिकोमा १९ वर्ष १ महिना, दक्षिण अफ्रिकामा १९ वर्ष ४ महिना, इटालीमा पनि १९ वर्ष ४ महिना नै रहेको छ। त्यस्तै स्पेनमा १९ वर्ष ५ महिना, जापानमा २० वर्ष ४ महिना छ । सिंगापुरका युवायुवती भने औषतः २२ वर्षको उमेरमा आफ्नो कौमार्य गुमाउने गर्दछन् ।
जब महिलाको जीवनकालमा सेक्स्युअल पार्टनरको संख्याको कुरा आउँछ त एसियाली देशमा यौन सहयोगीको संख्या युरोपेली मुलुकको तुलनामा कम हुने गर्दछ । जहाँसम्म पूर्वीय संस्कृतिमा आधारित समाज छ जस्तो भारत, नेपालजस्ता मुलुकमा सामान्यतः एक जना मात्र यौन साथी हुन्छन् ।
तर, सिंगापुरमा यो संख्या तीनसम्म हुनसक्छ । दक्षिण अफ्रिका, इटाली, फ्रान्स र स्पेनमा यो संख्या ४ देखि ७ सम्म पाइएको छ। अमेरिकामा एक जना महिलाको यौनपार्टनरको संख्या ९ सम्म हुन सक्छ । जमीनमा यो संख्या १०, बेलायतमा ११ छ । अस्ट्रेलियामा एक महिलाको औषतः १२ जनासम्म यौन पार्टनर हुन सक्छ भने ब्राजिलमा यो संख्या १३ र म्याक्सिकोमा १४ सम्म पाइएको छ ।
जहाँम्म पुरुषको जीवनकालमा यौन पार्टनरको प्रश्न उठ्छ, भारत, नेपालजस्ता मुलुकमा १ देखि ६ जनासम्म हुन सक्ने पाइएको छ । यही म्याक्सिकोमा पुरुषको सेक्स पार्टनरको संख्या औषतः ६ देखि ११ जनासम्म हुन सक्ने पाइएको छ।
सिंगापरमा यो संख्या ८ देखि १२ सम्म हुन सक्छ । अमेरिकामा एक पुरुषको १३ सेक्स पार्टनर हुन सक्छ । जापानमा यो संख्या १४ र बेलायतमा १५ सम्म छ । जर्मनीमा एक पुरुषको १६ जनासम्म सेक्स पार्टनर हुन सक्छ । फ्रान्समा यो संख्या १२ हुन सक्छ भने दक्षिण अफ्रिकामा यो संख्या १८ सम्म छ।
इटालीमा एक पुरुषको औषतः १९ जनासम्म सेक्स पार्टनर हुन सक्ने पाइएको छ भने अझ स्पेनमा २० जनासम्म हुन सक्ने पाइएको छ। अस्ट्रेलियामा यो संख्या २१ देखि २५ जनासम्म छ । ब्राजिलका एक पुरुषको २२ देखि २९ जनासम्म सेक्सपार्टनर हुन सक्छ ।
यसरी नै एक वर्षमा सेक्स गर्ने विषयमा ब्राजिलबासी एक वर्षमा औषतः १४५ पटक सेक्स गर्छन् । भारतीयहरु वर्षमा १३०, म्याक्सिकन १२३ र इटालियनहरु वर्षमा १२१ पटक सेक्स गर्छन् ।
फ्रान्स र दक्षिण अफ्रिकनहरु औषतः वर्षमा १२० पटक सेक्स गर्छन् । स्पेनमा यो ११८ छ भने जर्मनबासी वर्षमा ११७ पटक सेक्स गर्छन् । अस्ट्रेलियाबासी १०५ पटक सेक्स गर्छन् भने बेलायतबासी मात्र वर्षमा ९२ पटक सेक्स गर्दछन् । सिंगापुर र अमेरिकामा यो संख्या मात्र ८५–८५ छ भने जापानबासी वर्षमा मात्र ४८ पटक सेक्स गर्दछन् ।
सर्भेक्षणका क्रममा कुन देशका नागरिकले सेक्सका क्रममा कति समय खर्च गर्छन् भन्ने कुरा पनि सोधिएको थियो । यो समय मिनेटमा तय गरिएको थियो । यो काममा भारतीय निकै कमजोर देखिएका छन् । भारतीयको सम्भोग अवधि मात्र १३ मिनेट २ सेकेन्ड छ । फ्रान्सबासी यो काममा १४ मिनेट ६ सेकेन्ड लगाउँछन् । जापानिज १६ मिनेट र बेलायतबासी १६.३ सेकेन्ड लगाउँछन् भने अस्ट्रेलियाबासीको सेक्स समय १७ मिनेट ३ सेकेन्ड पाइएको छ।
जर्मनबासीको सम्भोग अवधि १७.६ मिनेट छ भने अमेरिकाबासीको १७.७ मिनेट छ । यो मामिलामा दक्षिण अफ्रिकनको समय २० मिनेट र इटालीबासीको २० मिनेट छ । ब्राजिलबासीको २१ मिनेट ४ सेकेन्ड छ भने म्याक्सिकनबासीको २२ मिनेट १ सेकेन्ड रहेको छ । यो काममा अस्ट्रेलियनहरुको समय औषत मान्न सकिन्छ किनभने उनीहरु सम्भोगका बेला १७ मिनेट ३ सेकेन्ड खर्च गर्दछन् । सेक्सका क्रममा बढी समय म्याक्सिकनहरुले लिने गरेको पाइएको छ । उनीहरु यो काममा २२ मिनेट १ सेकेन्ड लिने गर्दछन् ।
सर्भेक्षणका क्रममा पुरुष र महिलालाई उनीहरु आफ्नो यौन जीवनबाट सन्तुष्ट रहे नरहेको विषयमा पनि प्रश्न सोधिएको थियो । यो मामिलामा म्याक्सिकन निकै अगाडि देखिएका छन् । म्याक्सिकोमा ८३ प्रतिशत पुरुष र महिला आफ्नो यौन जीवनबाट पूर्णतः सन्तुष्ट थिए । दक्षिण अफ्रिक्ँम्ँ ५० प्रतिशत सन्तुष्ट थिए भने अमेरिकामा यो संख्या ४८ प्रतिशत मात्र थियो।
आफ्नो यौन जीवनबाट सन्तुष्ट हुनेको संख्या भारतमा ६१ प्रतिशत छ। स्पेनमा ४९ प्रतिशत जोडी आफ्नो यौन जीवनबाट सन्तुष्ट छन् । आफ्नो यौन जीवनप्रति ४२ प्रतिशत अस्ट्रेलियन सन्तुष्ट छन् भने बेलायतमा ४० प्रतिशत मात्र सन्तुष्ट रहेको पाइएको छ।
ब्राजिलमा ४० प्रतिशत आफ्नो यौनजीवनबाट सन्तुष्ट छन् । जर्मनीमा यो संख्या ४८ प्रतिशत छ भने इटालीमा मात्र ३६ प्रतिशत जोडी आफ्नो यौन जीवनबाट सन्तुष्ट छन् । सिंगापुरमा सेक्सबाट मात्र ३५ प्रतिशत सन्तुष्ट छन् भने फ्रान्समा यो संख्या २५ प्रतिशत मात्र छ । सर्भेमा सबैभन्दा आफ्नो यौनजीवनप्रति जापानिजहरु असन्तुष्ट रहेको पाइएको छ । १५ प्रतिशत जापानिजहरु मात्र आफ्नो यौनजीवनबाट सन्तुष्ट रहेको पाइएको छ ।
कहाँका बढी सन्तुष्ट ? विचित्र यौन जीवन:: रोचक तथ्य
news and entertainment
