एसएसपी खरेललाई फकाउन पुगेका रेस्टुरेन्टका साहुजिहरु नाजवाफ फर्किए
२८ माघ, काठमाडौ ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेललाई फकाउन पुगेका रेष्टुरेण्ड बारका मालिकहरु खरेलको जवाफ
सामान्य गल्तिमा छुट दिन भन्दै हालकै अवस्थामा सञ्चालन गर्न पाउनुपर्ने रेष्टुरेण्ट ब्यवसायीहरुलाई काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले आचारसंहिता पालना गरेरमात्र व्यवसाय चलाउन भनेका छन् ।
पछिल्ला दिनमा रेस्टुरेन्ट बारहरु नियम विपरीत सञ्चालन हुनेगरेको पाइएपछि प्रहरीले छापा मार्ने र सञ्चालक तथा कामदार पक्राउ पर्ने क्रम बढेपछि मंगलबार नेपाल रेस्टुरेन्ट व्यवसायी संघको टोली एसएसपी खरेलकोमा पुगेका थिए ।
गलत र अमर्यादित रूपमा रेष्टुरेण्ट सञ्चालन भएको पाईए कानुनी कारबाही हुने भन्दै खरेलले आचारसंहिताभित्र रहेर सञ्चालन गरिएमा कहीँकतैबाट समस्या आए प्रहरीले सहयोग गर्ने अन्यथा कडा कारवाही गरिने जवाफ रेष्टुरेण्ट ब्यवसायीहरुलाई दिनुभएको छ ।
खेललाई भेट्न रेष्टुरेण्ट ब्यवसायीसंघका सहअध्यक्ष विजय नगरकोटी सहित सहसचिव मनराज श्रेष्ठ, केन्द्रीय सदस्यहरू बुद्धिमान राई, नारायण थापा, शिव थापा, बिर्खबहादुर मोक्तान, भीमार्जुन डाँडी, केदार कार्कीलगायत पुगेको थियो ।

