फगुन ५ ,काठमाण्डौँ । लामो समयदेखि थाइल्याण्डमा रहेका पूर्व युवराज पारस शाह सार्वजनिक जीवनमा अति सामान्य भेषभुषा र केही दुब्लो स्वरुपमा देखा परेका छन् । थाइल्याण्डमा भएको एसीसी वुमन पि्रमियर क्रिकेटमा आइतवार नेपाल र छिमेकी राष्ट्र चीनविरुद्धको खेल हेर्नका लागि पूर्वयुवराज दर्शक बनेर उपस्थित भएका हुन् ।
लामो समयदेखि थाइल्याण्डमा रहेका पूर्वयुवराज पारस शाह चियांगमाई जिमखाना क्रिकेट मैदानमा रातो कूर्ता र कालो ट्राउजरमा उपस्थित थिए । झट्ट हेर्दा कुनै धर्म गुरुजस्तै लाग्ने भेष, महिलाको जस्तो तर नबाटिएको लामो कपाल र टाउकोमा कालो चश्मामा सजाएका पारसले चीनविरुद्धको खेल पुरै समय हेरेका थिए ।
उनले खेलमा पूरै मनोरञ्जन लिएर नेपाली टोलीसँग केहीबेर कुराकानी समेत गरेका थिए । निकै हँसिलो मुद्रामा देखिएका पारस विरामी हुनुपूर्वको आवस्था भन्दा केही दुब्लाएका जस्ता देखिन्थे । हृदयघात भएपछि राम्रोसँग तङग्रीन नसकेका पूर्वयुवराज पारस नेपाली महिला क्रिकेट टोली थाइल्याण्डमा क्रिकेट खेल्न आएको थाहा पाएपछि क्रिकेट मैदान पुगेका हुन् ।नेपाल आउने तयारीमा रहेका पारस एक्कासी नेपाली महिला क्रिकेट टोलीको खेल हेर्न उपस्थित भएपछि त्यहाँ पुगेका नेपाली पत्रकारको टोलीले समेत उनीसँग तस्वीर खिचाएका थिए ।
(स्रोत :अनलाइनखबर/तस्वीर : पत्रकार सविना कार्कीको फेसबुक)
पारसको नया फोटो आयो ! पहिलाको भन्दा धेरै फरक,
news and entertainment
