अश्लिल चलचित्र बेचने प्रहरी हिरासतमा
नेपालमा पोर्ट चलचित्रको बिक्री खुल्ला नभए पनि लुकाई छिपाई बेच्ने चलन छ ।
सार्वजनिक रुपमा बेच्न लायक चलचित्रको डिभिडिकै खोलमा राखेर अश्लिल चलचित्र बेच्ने गरेको हल्लाहरु बेला बखत आइरहन्छन् । जुन कुरा आइतबार मोरङमा पुष्टि भयो ।मोरङ प्रहरीले विराटनगरका विभिन्न पसलमा छापा मार्दा अश्लील चलचित्रका सिडी, डिभिडी फेला प¥यो
अश्लील चलचित्र बिक्री वितरणमा संलग्न राजेशकुमार अटल, उमेश भगत, रूपेशकुमार मण्डल, अर्जुन शर्मा र जगन्नाथ यादव पक्राउ परेका छन् ।
उनीहरूलाई केही सार्वजनिक ऐन अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान थालिएको प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए । भिडियो सेन्टरमध्ये आनन्दबाट कम्प्युटरको सिपियु एक थान, डिभिडी प्लेयर, डिभिडी रोम ८ थान बरामद भएको छ।

