छवि सुधार्रन गशालामा यसरी पसे ‘डनहरु ’

नेपाली खेलकुदले विस्तारै फड्को मार्दैछ । संक्रमणकालीन राजनीतिक अवस्थाका कारण जनताका आशामा पटक–पटक तुषारापात भैरहेका वेला खेलकुद मात्रै यस्तो एउटा शक्ति बनेको छ, जसले नेपाली समाजलाई आशाको किरण छर्दैछ । सर्वसाधारण सँग खुसि साट्न सक्ने नेपाली खेलकुदमा केहि यस्ता ब्यक्तिहरु पनि संलग्न छन् जसलाई हाम्रो समाजले चिन्ने साझा नाम हो ‘डन’ । खेलकुद विकासमा योगदान पुर्‍याउन चाहने उनीहरुले अकुत पैसा कमाईसकेका छन् ।

पटक–पटक प्रहरीको मोस्ट वान्टेड सुचिमा परिसकेका यस्ता डनहरु खेलकुदलाई प्रयोग गरेर आर्थिक र सामाजिक प्रतिष्ठा उचो पार्न चाहन्छन् । खेलकुदमा लाग्नु उनिहरुको अर्को उद्देश्य बनेको छ, समाजमा चिनीने ‘डन’ वा ‘गुण्डा’ छवि सुधारेर प्रतिष्ठीत समाजसेवी बन्नु । समाजसेवीको वा पुर्व खेलाडीको आवरणमा खेलुकदमा छिरेका  केहिले आफुलाई परिवर्तन गराईसकेका छन् भने केहि छवि सुधार्ने बाटोमा छन् । विभीन्न संघ,संगठन मार्फत प्राडो र पँजेरो लिएर रंगशाला छिरेका केहि डनहरुले कसरी छवि सुधार्दे छन भन्ने कथा उतारेका छन, नेपाल व्यूरोबाट राजेश भण्डारीले ।

गणेश लामा :  काभ्रेली समुहका नाईके भनेर चिनीने गणेश लामा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको खेलकुद विभाग प्रमुख बनेर नेपाली खेलकुदमा भित्रीए । अघिल्लो बर्ष मात्र फोरम लोकतान्त्रिकको खेलकुद विभाग हेर्ने जिम्मा पाएका लामाले नेपाली खेलकुदमा आफ्नो सक्रियता बढाईसकेका छन् । रक्तचन्दन तस्करीहरुको सुचिमा समेत उनको नाम जोडिने गर्छ । आफुलाई राजनीतीक आवरणले छोप्न विशेष प्रयत्न गरिरहेका लामा खेलकुदलाई प्रयोग गरेर एउटा शसक्त राजनीतिक नेताको रुपमा आफुलाई प्रस्तुत गर्न चाहन्छन् । संविधानसभाको चुनावमा उठेर उनी एक राजनीतिक व्यक्ति बनिसकेका छन् ।


दिपक मनाङ्गे : मनाङका समाजसेवी हरुको साझा चौतारी हो मनाङ मस्र्याङ्गदी क्लव । राजधानीको ठमेल एरियामा आफनो नाम स्थापित गरेपछि समाजसेवीको आवरणमा मनाङ मस्र्याङ्गदी क्लव  छिरेका थिए दिपक । सल्लाहकारको रुपमा खेलकुद भित्रीएका मनाङ्गेले लिगमा खराव प्रदर्शन गरेको भन्दै गतबर्ष मात्र क्लववाट राजिनामा दिएका थिए । मनाङ जिल्लामा क्लवले संचालन गरेको स्याउबारी र यार्सागुम्वा कारोबारमा विवाद सँगै उनी त्यहाँबाट बाहिरिएका थिए । स्रोतका अनुसार उनि फेरी क्लव छिरेर आफ्नो डन छविलाई पर्यटन ब्यवसायी र समाजसेवीको रुपमा प्रस्तुत गर्ने तयारीमा छन् । खेलमा उनको रुचि पनि छ ।


तेजेन्द्र गुरुङ : मिलन चक्रेको साख्खे भाई हुन तेजेन्द्र । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनीधी श्याम खड्का मार्फत खेलकुद भित्रीएका तेजेन्द्र हाल नेपाल वादोरीयो कराँते संघको उपाध्यक्ष पदमा छन् । गुण्डागर्दी र जबर्जस्ती रकम असुलीको आरोपमा गत बुधवार मात्रै पक्राउ परेका तेजेन्द्र पनि खेलकुदको आवरणमा ‘डन’ को छवि लुकाउन चाहन्छन् । खेलकुदमा योगदान पुर्‍याउने चाहना रहेको उनी बताउने गर्दछन् ।


मिनकृष्ण महर्जन : कराँतेका पुर्व राष्ट्रिय खेलाडी समेत रहेका महर्जन लाई खेलकुद छिर्न कुनै चोरबाटो आवश्यक भएन । नेपाली कांग्रेसका महासमिती सदस्य समेत रहेका महर्जनले हरिबावु चौधरी सदस्य सचिव भएका बेला राष्ट्रिय खेलकुद परिषदको सदस्य र कोषाध्यक्षको भुमीकामा रहेर काम गरे । कराँतेका रेफ्रिसमेत रहेका महर्जन लाई खेलकुदले चिन्ने अर्को नाम हो ‘डन’ । महर्जन लाई गत माघ ४ गते विपक्षी समुहले धापाखेलमा गोली हानेर घाईते बनाएको थियो । खेलकुद परिषदको पुर्व पदाधीकारी र पुर्व खेलाडीको आवरणमा ठेक्कापट्टा लगायतका काम गर्दै आएका महर्जन आफुलाई नेपाली कांग्रेसको सक्रिय नेता र खेलकुद विकासमा लागेको एक खेलप्रेमीका रुपमा चिनाउन चाहन्छन् ।


लालकुमार लामा : हरिबावु चौधरी सदस्य सचिव हुँदा खेलकुद परिषदको सदस्यका रुपमा खेलकुद छिरेका लामा पशुपती राजा (पशुपती शमसेर राणा)का मान्छे हुन् । पहिले दरबारमार्ग अहिले स्वयंभु एरियामा खेलोफड्को गर्दै आएका लामा हाल कबड्डी संघको अध्यक्ष छन् । स्वयंभु मा दोहोरी साँझ चलाउँदै आएका लामा राष्ट्रिय  प्रजातन्त्र पार्टिका केन्द्रिय सदस्य पनि हुन् । गणेश लामा या मिनकृष्ण महजर्नको तुलनामा लामाले आफ्नो छवि खेलकुद वाटै सुधारेका छन् । उनलाई अहिले खेलकर्मीहरुले डन भन्दा बढी ब्यवसायी र राजनीतीक मान्छेको रुपमा चिन्न थालेका छन् ।


दिवाकर घले : डिल्लीवजारका स्थायी वासिन्दा दिवाकर घलेले महाविर क्लवलाई खेलकुद प्रवेशको माध्यम बनाए । महाविर क्लवका अध्यक्षका रुपमा खेलकुद छिरेका घले हाल नेपाल क्रिकेट संघको सदस्य छन् । २०५५ तिर शंकरदेव क्याम्पसको नेविसंघको राजनीतीमा सक्रिय थिए ।


लामा टेण्डी शेर्पा : सोलुखुम्वु स्थायी घर भएका शेर्पा अस्कल क्याम्पसका पुर्व स्ववियु सभापति हुन । अस्कलमा अनेरास्ववियुको राजनीती गर्दा देखी नै गुण्डागर्दाी थालेका शेर्पा वास्केटवल संघको सदस्यका रुपमा खेलकुद छिरे । उनको गुण्डगर्दी गत स्ववियु निर्वाचन सम्म जारी थियो । अस्कल क्याम्पसमा अनेरास्ववियुको उम्मेद्वारलाई असहयोग गर्दै वागी उम्मेद्वार उठाएर तहल्का मच्चाएपछि तत्कालीन गृहमन्त्री बामदेव गौतमले उनलाई गुण्डाको संज्ञा दिंदै पक्राउ गर्न लगाएका थिए । एमालेको भातृसंगठन नेपाल खेलकुद महासंघ का पदाधिकारी समेत रहेका शेर्पा को छवि लगभग परिवर्तन भैसकेको छ । उनले अहिले डन भन्दा बढि एमालेका युवा नेता र खेलप्रेमी ब्यक्तित्व को छवि बनाईसकेका छन् ।


दिपकहर्ष बज्राचार्य : काठमाडौंका रैथाने दिपकहर्ष एनआरटीका फुटवल खेलाडी पनि भएकाले खेलकुद छिर्न उनलाई अब्ठेरो थिएन् । उनि अहिले आफैंले फुटवल खेल्न शुरु गरेको क्लव एनआरटीका अध्यक्ष छन् । नेपाल जुडो संघको पनि अध्यक्ष रहेका बर्जाचार्य पञ्चायतकाल खराव छवि थियो । २०४६/२०४७ सालको जनआन्दोलन दवाउन निकै सक्रिय भुमिका खेलेका बज्राचार्यलाई मण्डले बनेर खेलकुदको दुरुपयोग गरेको भन्दै खेलकुदमा लाग्नेहरुले आलोचना गरेपछि उनलाई लामो समय खेलकुद प्रवेशकालागी हम्मे हम्मे परेको थियो । पछि अनुकुलता हेर्दै पुन खेलुकुद छिरेका बज्राचार्यले त्रिपुरेश्वरको एक फास्टफुडमा कोथे म:म खाँदै विगत खोल े‘म त्यतिवेला कमाण्डोको भुमीकामा थिएँ’ । तर पञ्चायतकालीन कमाण्डोलाई आजको खेलकुदले एक खेलप्रेमी ब्यवसायीको रुपमा चिन्न थालीसकेको छ ।

, ,

news and entertainment