यौन शोषणको आरोप लगाउँदै नायिकाले हानिन् निर्देशकलाई थप्पड
बलिउड नायिका गीतिका त्यागीले एक निर्देशकलाई यौन शोषणको आरोप लगाएकी छिन् । निर्देशक सुभाष कपुरले आफ्नो यौन शोषण गरेको आरोप लगाउँदै नायिका त्यागीले ट्विटर मार्फत एक भिडियो पनि सार्वजनिक गरेकी छिन् । जसमा नायिकाले निर्देशकलाई थप्पड हान्दै गरेको देख्न सकिन्छ ।
भिडियोमा सुभाष पत्नीले आफ्नो पिताको गलत कामका लागि उनको छोरालाई नराम्रो व्यवहार भोग्न नपरोस् भन्दै यो कुरालाई गोप्य राख्न आग्रह गरेकी छिन् । भिडियोमा सुभाषले शारीरिक सम्बन्धको प्रस्तावलाई स्विकार गरेका छन् । तर गीताको साथमा जर्वजस्ती गरेको कुरालाई भने अस्विकार गरेका छन् ।

