प्रचन्डले हारको दोष सबै युवाहरुलाई दिए

दोहा (कतार ) फागुन ८ – नेपाली जनप्रगतिशिल मंच, कतारको तेस्रो अधिवेशनको उद्घाटन गर्न हिजो कतारको राजधानी दोहा आइपुगेका एकिकृत माओवादीका अध्यक्ष प्रचण्डले कार्यक्रताहरुसँगको भेटमा संबिधानसभाको चुनावमा आफ्नो पार्टी पराजय हुनुमा आन्तरिक र बाह्य दुवै कारण साथै लाखौं नेपाली युवा रोजगारीका लागी बिदेशीनु पनि एक भएको खुलासा गरेका छन् । दोहा विमानस्थलबाट सोझैं होटेल

रेडिसनमा पुगेपछि प्रचण्ड माझ झुम्मिएका कार्यक्रताहरुसँग उनले संक्षिप्तमा भने – हाम्रो पार्टीलाई अनेक चलखेल गरेर संबिधानसभामा हराइएपनि जनताको बीचमा हामी हराएका छैनौं । तपाईंहरु देशमा रोजगारी नपाएर बिदेशमा काम को लागी भौतारिनु पर्यो, यस्ता लाखौं हाम्रा समर्थक युवाहरु बिदेशमा भएपछि त्यो कारण पनि चुनावमा पराजयको एउटा कारण बन्यो ।” प्रचण्डको भनाईलाई उद्दृत गर्दै भेटमा सहभागी एक मजदुरले भने,“प्रचण्डले देशमा रोजगारीका लागी नयाँ पहलको थालनी गरिने बताउदै पार्टीलाई पुरानै स्थितिमा पुर्याउने बताए । प्रचण्डले भनेका थिए– रोजगारी सृजना गर्नका लागी कतारी उद्योगपतिहरुलाई नेपाल लानेबारे म कतारी प्रधानमन्त्रीसँग कुरा गर्नेछु । यसैबीच आज ९ बजे कतारी श्रममन्त्री र ११ बजे प्रधानमन्त्रीसँग प्रचण्डको भेट्ने कार्यक्रम रहेको जनप्रगतिशिल मंचका अध्यक्ष रमेश भट्टले रातोपाटीलाई बताए ।

, ,

news and entertainment