, काठमाडौँ ।
काठमाडौको मैतिदेवीमा एक महिलाले महिला प्रहरी हवल्दारलाई बोल्नै नसक्नेगरी
कुटेकी छिन् । महानगरीय प्रहरी प्रभाग गंगाहिटीमा कार्यरत महिला प्रहरी
हवल्दार सम्झना थापालाई कुटपिट गर्ने रमा तामाङलाइ प्रहरीले प
क्राउ गरेको छ ।
प्रहरीका अनुसार काठमाडौं महानगरपालिका मैतीदेवी बस्ने २८ वर्षीया रमा
तामाङले प्रहरी हवल्दार थापालाई फागुन ६ गते साँझ कुटपिट गरेकी हुन् ।
प्रहरीले कारण नखुलाएपनि सामान्य विवादका क्रममा निज रमा तामाङले कुटपिट
गर्दा घाइते प्रहरी हवल्दार थापाको हिमाल अस्पताल ज्ञानेश्वर उपचार भइरहेको
छ ।
सुरुमा बोल्नै नसक्ने गरि कुटपिट भएपनि अवस्था सामान्य रहेको र घाइते
प्रहरी हवल्दार बोल्न सक्ने अवस्थामा हुनुहुन्छ । प्रहरीलाई कुटेको भन्दै
पहरीले कुटपिटमा संलग्न रमा तामाङलाइ पक्राउ गरी आवश्यक कारवाही र
अनुसन्धान थालेको जानकारी दिएको छ ।
महिला प्रहरी हवल्दारलाई बोल्न नसक्नेगरी भकुर्ने पक्राउ
news and entertainment
