बचाउन गएको एम्बुलेन्सले २ जना मार्यो
फागुन, सुनसरी ।
जिल्लाको हाँसपोसा २ तरहरा बजारमा बिरामी बोक्न गएको एम्बुलेन्सले २ जना
ब्यक्तिको ज्यान लिएको छ । एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा
घटनास्थलमै दुई ब्यक्तिको मृत्यु भएको हो ।
सुनसरी प्रहरी कार्यालयका अनुसार इटहरीबाट धरानतर्फ जाँदै गरेको ज १ च ७७७
नम्वरको एम्वुलेन्सले को १२ प ४१११ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा
मोटरसाईकलमा चढेको २ जनाको मृत्यु भएको हो ।
शुक्रबार राति भएको दुर्घटनामा परि सुनसरी बराहक्षेत्र ४ का राजु राई र रमेश राईको मृत्यु भएको हो ।
