सुन्धारामा भिषण आगलागी..(तस्विर सहित)

२४ फागुन,काठमाडौं ।अत्याधिक मात्रामा होटेल तथा गेष्ट हाउस रहेको काठमाण्डौंको सुन्धारामा आज बिहान आगलागी भएको छ ।

सुन्धारामा रहेको कुसुमे रुपमाल दोहरी साँझमा बिहान अचानक आगलागी भएको हो । भवनको तेश्रो तल्लामा रहेको दोहरी मा आगलागी भए पछि सो क्षेत्रका अन्य होटेलमा बसेका अतिथिहरु त्रसित बनेका थिए ।

बिहान ६.३० बजे अचानक सो भवनमा आगलागी भए पछि आगो नियन्त्रणका लागी वारुण यन्त्रहरु बोलाइएको थियो ।
नेपाली सेना समेतको दमकल गरी तिन वारुण यन्त्रहरुले सो आगो आधा घण्टा पछि नियन्त्रणमा लिएको थियो ।

आगलागीका कारण भवको तेश्रो तल्ला क्षतिग्रस्त बनेको छ । आगो कसरी लागेको भन्ने थाहुन सकेको छैन । आगलागीबाट केकती क्षती भएको भन्ने विबरण आउन बाकी छ ।
aaglagi 2


aaglagi 2aaglagi 2

, ,

news and entertainment