२३९ सवार मलेसियाली विमान सम्पर्कविहिन
२४ फाल्गुण, एजेन्सी ।
२३९ जनालाई लिएर चीनको बेइजिङ जाँदै गरेको मलेसियन एयरलाइन्सको विमान सम्पर्कविहिन भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । विमानको खोजी कार्य शुरु गरिएको छ ।
मलेसियन एयरलाइन्सको MH370 विमानमा २२७ यात्रु र १२ जना चालक दलका सदस्य रहेका छन् ।
स्थानीय समय अनुसार आज विहान २ बजेर ४० मिनेटमा विमानले सुबाङ एयर ट्राफिक कन्ट्रोलसँग अन्तिम सम्पर्क गरेको अधिकारीहरुले बताएका छन् ।
१२ बजेर ४१ मिनेटमा क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान ६ बजेर ३० मिनेटमा बेइजिङ पुग्नु पर्ने थियो ।
विमानको खोजी कार्य शुरु भएको एयरलाइन्सले जनाएको छ ।