बलिउडका अनौठा लभ अफेयर (फोटो फिचर)
बलिउडमा अनेक अनेक चर्चा चल्ने खर्छन् । खासगरी अभिनेता र अभिनेत्रीबीचका चल्ने र बदलिरहने प्रेम चक्करको चर्चा बढी नै हुने गर्छ ।
यसै क्रममा नयाँ चर्चा आएको छ । क्याट्रिना कैफसँग ब्रेकअप भएपछि रन्थनिएका रणबीर कपुर उनकी दिदी करिश्मा कपुरका पति सञ्जय कपुरकी पूर्वपत्नीसँग नजिकिएको चर्चा छ ।
रबणबीर कपुर केटीहरु माझ निक्कै लोकप्रिय छन् । दिपिका पादुकोण देखि क्याट्रिन सम्मलाई आफ्नो जादु चलाइसकेका उनले अन्य सफल अभिनेत्रीसँग पनि चक्कर चलाइसकेका छन् । तर पछिल्लो समय क्याट्रिनासँग टाढिएपछि भने उनी आफ्नै भिनाजुकी पूर्व पत्नीसँग नजिकिएको खवर आएको छ । दिदी करिश्मा कपूर पतिसँग पारपाचुके गरेर बसिरहेको समयमा साला रणबीर भने भिनाजुकी पूर्व पत्नी नंदिता महतानीसँग नजिकिएका हुन् ।
अक्षयको अफेयर रेखासँगः
बलिउडमा एक्सन हिरोको छवि बनाएका अक्षय कुमार पनि कुनै समय आफू भन्दा निक्कै जेठी अभिनेत्री रेखासँग अफेयरमा रहेको चर्चा चलेको थियो । इन्टरनेश्नल खेलाडी भन्ने चलचित्र खेलेपछि अक्षय रेखासँग नजिकिएका थिए । रेखा अक्षय भन्दा १५ वर्षले जेठी छिन् ।
इमरान खान र जेनेलियाको चक्करः
रितेश देशमुखसँग विवाह गरेकी बलिउड अभिनेत्री जेनेलिया डिसुजाको चक्कर कुनै बेला अहिले राजनीतिज्ञ बनिसकेका तत्कालीन पाकिस्तानी क्रिकेटर इमरान खानसँग चलेको थियो । यो प्यारले पनि बलिउडमा महौल तताएको थियो ।
कंगनाको चक्कर आदित्य पांचोलीसँगः
बलिउड क्वीन कंगनाको चक्कर कुनै बेला आफू भन्दा निक्कै पाका उमेरका अभिनेता आदित्य पंचोलीसँग चलेको थियो । आफू भन्दा १० वर्ष जेठी जरीना बहावसँग विवाहित पंचोलीको करिव त्यतिनै वर्ष कान्छी कंगनासँग चक्कर सुरु भएपछि बलिउडमा हंगामा भएको थियो ।