२३९ सवार मलेसियाली विमान भियतनाममा दुर्घटनाग्रस्त फेला

२४ फाल्गुणएजेन्सी ।
भियतनामका नौ सैनिक अधिकारीहरुले मलेसियाली विमान भियतनाममा दुर्घटनाग्रस्त भएको पुष्टी गरेका छन् । भियतनाम हुँदै बग्ने मेकोङ नदी किनारको डेल्टा क्षेत्रमा पर्ने थोछु द्वीप देखि ३०० किलोमिटरको दुरीमा विमानको भग्नावशेष फेला परेको भियतनामी सञ्चार माध्यमहरुले जनाएका छन् । यद्यपी मलेसियन एयर लाइन्सले यस्को पुष्टी गरेको छैन ।
Plane crash
२३९ जनालाई लिएर चीनको बेइजिङ जाँदै गरेको मलेसियन एयरलाइन्सको विमान उडेको केही समयपछि सम्पर्क विहिन भएको थियो ।
दुर्घटनामा परेको भनिएको MH370  विमानमा २२७ यात्रु र १२ जना चालक दलका सदस्य सवार रहेका थिए ।  
स्थानीय समय अनुसार आज विहान २ बजेर ४० मिनेटमा विमानले सुबाङ एयर ट्राफिक कन्ट्रोलसँग अन्तिम सम्पर्क गरेको अधिकारीहरुले बताएका छन् । १२ बजेर ४१ मिनेटमा क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान ६ बजेर ३० मिनेटमा बेइजिङ पुग्नु पर्ने थियो ।

, , ,

news and entertainment