रुसीले दियो क्रिमियालाई स्वतन्त्र देशको मान्यता अमेरिकालाइ झट्टका

४ चैतएजेन्सी ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको स्वाधिन क्षेत्र क्रिमियालाई स्वतन्त्र र सार्वभौम राष्ट्रको मान्यता दिने आदेशमा हस्ताक्षर गरेका छन्  ।
आइतबार भएको जनमत संग्रहमा क्रिमियाका ९६ प्रतिशत जनताले क्रिमियालाई युक्रेनबाट टुक्राएर रुसमा गभ्ने पक्षमा मतदान गरेका थिए ।
Vladimir Putin-

जनमत संग्रह र रुसको भुमिकालाई लिएर पश्चिमा राष्ट्रहरुले क्रुद्ध प्रतिक्रिया दिइरहेको समयमा रुसले क्रिमियालाई स्वतन्त्र देशको मान्यता दिँदै रुसमा गाभ्ने मार्ग प्रसस्त गरेको हो ।
रुसी राष्ट्रपतिले हस्ताक्षर गरे लगत्तै आदेशले कानूनी मान्यता पाएको छ ।
क्रिमियालाई रुसमा गाभ्ने निवेदन प्रस्ताव पारित गरेको क्रिमियाको संसदले राष्ट्रसंघलाई पनि क्रिमियालाई स्वतन्त्र देशको मान्यता दिन आग्रह गरेको छ ।
क्रमियाका कार्यवहाक प्रधानमन्त्री सर्गेई आक्सियोनोभले अब छिट्टै क्रिमिया रुसको अंश बन्ने बताएका छन् 
क्रिमियाले अर्को साता देखि रुसी मुद्रा रुबल पनि प्रचलनमा आउने घोषणा गरिसकेको छ ।
अमेरिका र युरापेली संघले भने क्रिमियामा भएको जनमत संग्रह र त्यसबाट आएको नतिजा बैधानिक नभएको भन्दै रुस विरुद्ध प्रतिबन्द लगाउने तयारी गरेका छन् । 

,

news and entertainment